नेकपा झापाद्वारा जनकारवाहीको अपिल

२०७६ मंसिर ८ गते, आईतवार

काठमाडौं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले सार्वजानिक रुपमै गाउँ गाउँमा गएर जनकारबाहीको अपिल गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले झापाका विभिन्न चोक, बजार र गाउँहरुमा ब्यानर टाँगेर जनकारबाही गर्ने विषय उठाएको हो । भ्रष्टाचारीहरुलाई जनकारबाही गरौं, मिटर ब्याजेहरुलाई जनकारबाही गरौं, लागू औषध दुब्र्यशनिहरुलाई जनकारबाही गरौं, भुमाफियाहरुलाई जनकारबाही गरौ, जस्ता जनकारबाहीको अपिल गरिएको ब्यानर टाँगेको छ । झापाका दर्जनौ स्थानमा यस प्रकारको ब्यानर टाँगिएको झापाका सेक्रेटरी श्रीजंगले बताए । उनका अनुसार झापामा पार्टीले विगतदेखिनै जनकारबाही संचालन गर्दै आएको भएता पनि यसलाई अझ तलतलसम्म लैजाने र समाजलाई सफा बनाउन आफुहरुले जनकारबाही संचालनको निम्ति जनतालाई अपिल गरेको बताए । उनले भने जनताको साथ हामीलाई छ हामी जनकारबाहीको नेतृत्व गर्न तयार छौं ।
त्यस्तै झापामै सो पार्टीले दलाल पुँजीवादी गणतन्त्रको विकल्प बैज्ञानिक समाजवाद स्थापना गरौं । बैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढौं । दलाल संसदीय सत्ता खारेज गरौं । जनसत्ता लागू गरौं लेखिएको ब्यानर पनि झापाका दर्जनौ सार्वजानिक स्थानमा टाँगेको छ । झापाका विभिन्न स्थानमा बिगतदेखि भारतीय पक्षले सिमा मिच्दै आएको विषयप्रति नेकपा झापा गम्भीर देखिएको छ । सो पार्टीका कार्यकर्ताहरुले झापाका भारतसँग सिमाना जोडिएका स्थानमा पर्ने सिमा पिल्लरहरुमा झण्डा गाडेका छन् । दर्जनौ स्थानमा झण्डा गाडिएको सेक्रेटरी श्रीजङ्गले बताए । उनले भने झापा करिब २०० स्तम्भहरु पछिल्लो १० वर्षमा हराएको तथ्यांक छ, हामी ती स्तम्भहरु खोज्दैछौ हामी विज्ञहरुसँग छलफल गरेर साविक स्थानमा सिमा पुनस्थापित गर्न प्रयत्न गर्छौं । साथै त्यसको निम्ति सरकारलाई दवाब दिनेसमेत उनले बताए । न्यायमाथि प्रतिबन्ध लगाएर दलाली गरिरहेको सरकार चुप लागेर बसे पनि सिमानामा आफुहरु बलिदान दिएर लड्न तयार रहेको उनले बताए । आफुहरुलाई झापाका जनताहरुको साथ रहने उनको भनाइ छ ।

प्रतिक्रियाहरु