‘नेकपालाई प्रतिबन्ध लगाउनु राम्रो होइन ‘

२०७६ असार १९ गते, बिहीबार

काठमाडौं, १९ असार । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु राम्रो नभएको बताउदै वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको बताएका छन । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताए ।
निधिले कांग्रेसभित्र गुटबन्दी नरहेको बताउदै महासमिति र केन्द्रीय समितिको बैठकले समस्या समाधान गरेको बताए । ‘काँग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण आफ्ना धारणाहरु बाहिर आउँदैमा त्यसलाई गुट–उपगुट छ भन्नु हुँदैन’, उनले भने ।
सरकारले गरेका कामहरुका कारण जनतामा फेरि काँग्रेसप्रति आशा र भरोसा बढेको उनको भनाइ थियो । गुट–उपगुटमा नलागी जनताको भरोसामा केन्द्रित हुँदै काम गर्ने समय आएको निधिले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु