नेकपामाथि प्रतिबन्ध राजनीतिक उन्माद मात्रै – विष्णु पन्त

१. लोकतन्त्रमा राजनीतिक प्रतिबन्ध
वर्तमान केपि ओलीको सरकारले गत ०७५ फाल्गुण २८ गतेदेखि लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध अहिलेसम्म पनि जारी छ । सरकारले प्रतिबन्ध लगाउनुका कारणहरु एनसेलमाथिको आक्रमण, बम विस्फोट तथा चन्दा आतंकलाई मुख्य रुपमा प्रस्तुत गरेको थियो । प्रतिबन्धको माध्यमबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकमाथि दमन गर्ने, धरपकड र गिरफ्तारी गर्ने अनि गोली हानी इन्काउन्टरको नाममा हत्या गरी सम्पूर्ण शक्तिलाई निषेध गर्ने रणनीति अख्तियार गरेको थियो । सरकारको प्रतिबन्धको निर्णय आफैंमा निरंकुश र फासीवादी चरित्रको छँदै थियो । राजनीतिशास्त्रमा एक प्रकारको आपराधिक मनोविज्ञानको उपज थियो प्रतिबन्ध । लोकतन्त्रमा राजनीतिक दलमाथिको प्रतिबन्ध अप्रिय र अधिनायकवादीबाहेक अरु केही हुन सक्दैन । जुन शक्ति हिजो प्रतिबन्धित थियो, त्यही शक्तिद्वारा प्रतिबन्ध लगाइयो । मनोविज्ञानमा एउटा भनाइ छ, प्रत्येक शोषित व्यक्तिमा शोषक बन्ने तीब्र इच्छा हुन्छ । सासुद्वारा हेपिएकी बुहारी सासु बनेपछि पुरानै इतिहास दोहो¥याछिन् । चिट चोर्ने विद्यार्थी शिक्षक बनेपछि बढी टाइड गर्छ । झापा विद्रोहका नेता केपि ओली र दश वर्षे जनयुद्धका नेता पुष्पकमल दाहालले पुरानै इतिहासको पुनरावृत्ति गरे । दमन, धरपकड, इन्काउन्टर अनि राजनीतिक प्रतिबन्धको राजनीतिक यात्रालाई नै हुबहु पुनरावृत्ति गरे । प्रतिबन्धपछि कुमार पौडेल, तीर्थ घिमिरे र निरकुमार राईको इन्काउन्टरको नाममा भएको हत्याले सरकारको गलत दृष्टिकोणलाई छताछुल्ल पारेको छ । यस्तै प्रतिबन्धित पार्टीका नेताहरु सुदर्शन, माईला लामा प्रज्वलन, बन्धु चन्दलगायतका सयौं नेता कार्यकर्ताहरुको गिरफ्तारी झुटा मुद्दा प्रकरण र यातना शासकहरुको पूर्वाग्रही चेतलाई उजागर गर्दछ । रुपमा वा ब्यानरमा कम्युनिष्ट पार्टीको सरकार छ र त्यही सरकारले अर्को कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएको छ ।
२. प्रतिबन्ध राष्ट्रवादी, क्रान्तिकारी र राजनीतिक शक्तिमाथि
पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी जनताका माझ अलोकप्रिय बन्दै जानु र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लोकप्रिय हुँदै जानु नै प्रतिबन्धको मुख्य कारण थियो । एकातर्फ नेतृत्वको रुपमा ओली र दाहालप्रति जनआक्रोश बढ्दै जानु र अर्कोतर्फ विप्लव र प्रकाण्डप्रति जनताको विश्वास र सहानुभूति बढ्दै जानुले अन्तत्वगत्वा प्रतिबन्धको नाटक मञ्चन गरिएको तथ्य स्पष्ट नै छ । जनता र राष्ट्रमाथि पटक–पटक धोका दिने, विश्वासघात र गद्दारी गर्ने गरेका कारण ओली र दाहालप्रति जनआक्रोश बढ्दो छ । भ्रम, छलकपट र षड्यन्त्रका तानाबानाबाट सत्तामा पुगेका शासकहरुले फेरि प्रतिबन्धको षड्यन्त्र गरे । अर्कोतर्फ आमजनताका माझ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राष्ट्रवादी, इमान्दार र क्रान्तिकारी शक्तिका रुपमा जनताका बीच लोकप्रिय बनेको छ । यहीँनेर ओली–दाहाल गठबन्धनले उल्टो कदम चाल्यो, सिके राउतसँग अंकमाल गर्यो र विप्लवसँग प्रतिबन्ध लगायो । वास्तवमा सरकारको यो कदम आम राष्ट्रवादी तथा प्रगतिशील शक्तिका बीचमा पनि आलोचित र विवादास्पद बन्यो । जति नै आलोचना र विरोध भए पनि सरकार अहिलेसम्म पनि पछाडि हट्न वा गल्ती सच्चाउन सकेको छैन । बेला–बेलामा वार्ताको नाटक गरे पनि त्यो पनि हास्यापद र षड्यन्त्रपूर्ण ठहरियो । एकातर्फ वार्ता भन्ने अर्कोतर्फ नेता कार्यकर्ताको गिरफ्तार गर्ने सरकारको दोहोरो र अपरिपक्व कदमले सरकारले विश्वसनीयता गुम्यो ।
३. मौलिक हक र मानवअधिकारको हनन
सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आस्थावान नेता, कार्यकर्ताको मात्र होइन, आमशुभचिन्तकको समेत मौलिक हक र मानवअधिकारमाथि हनन गरेको छ । बन्दीप्रत्यक्षीकरण रीटमा पटक–पटक सर्वोच्च अदालतका आदेशलाई समेत उल्लंघन गर्ने अपराध गरेको छ । विप्लव नेतृत्वको नेकपामा आस्थावान हजारौं नेता तथा कार्यकर्तालाई आफ्नो परिवारका सदस्यको मृत्युमा घर वा घाटमा जानसमेत अवरोध गरेको छ । बिरामी हुँदा अस्पताल जान नपाउने, हिँडडुल गर्न नपाउने, यात्रा गर्न नपाउने, परिवारका सदस्यसँग बस्न नदिने, आफ्ना पेशा व्यवसायमा जान वा काम गर्न नदिने जस्ता अमानवीय हर्कत बढाउँदै गएको छ । त्यति मात्र होइन्, फोन, इन्टरनेट वा सामाजिक सञ्जालको प्रयोगमा बन्देज लगाउने, कलेज जान नदिनेजस्ता असभ्य कमदहरुलाई सरकारले प्रश्रय दिइरहेको छ । शान्तिपूर्ण विरोध प्रदर्शन, राजनीतिक तथा वैचारिक कामलाई निषेध गर्ने सरकारी रणनीतिले सरकारको मनोदशालाई प्रष्ट पार्दछ । सरकारले यतिसम्म घृणित कदम ग¥यो कि लिपुलेक, कालापानी र लिम्पीयाधुरामा भएको भारतीय अतिक्रमणको विरोधमा निस्केका नेता तथा कार्यकतालाई समेत गिरफ्तार ग¥यो । सडकमा निस्किएका विद्यालय तथा कलेजका विद्यार्थीहरुमाथि समेत दमन र धरपकड गर्यो ।
४. प्रतिबन्धको श्रेय कसले लिने
हामीलाई विश्वास छ, “सत्यको जीत र असत्यको हार हुन्छ ।” प्रतिबन्धको जसअपसजको जिम्मा कसले लिने हो ? सरकारका प्रधानमन्त्री केपि ओली सरकारले ? सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले ? वा अध्यक्षद्वय ओली र दाहालले ? हामीलाई थाहा छ, प्रतिबन्ध गणतान्त्रिक वा लोकतान्त्रिक इतिहासकै कालो दाग हो । जुनसुकै कोणबाट वहस गरे पनि प्रतिबन्धको औचित्य पुष्टि हुन सक्दैन । इतिहास निर्मम ढंगले अगाडि बढ्यो भने प्रतिबन्धको मूल्य महँगो पर्न सक्छ । लोकतन्त्रमा प्रतिबन्धको स्थान हुँदैन । गणतन्त्र भनेको देशमा प्रतिबन्ध सुहाउँदैन । जुन शक्तिले गणतन्त्रका लागि राष्ट्रियताका लागि लडेर रगत बगायो, त्यही शक्तिमाथि प्रतिबन्ध ? जुन शक्तिले एनसेलको ७२ अरबको राजस्व असुलीको मुद्दा उठायो, उसैमाथि प्रतिबन्ध ? जुन शक्तिले भ्रष्टाचार, कालोबजारी, दलाल, तस्करी र कालोबजारीयाको विरोध गर्यो, त्यही शक्तिमाथि प्रतिबन्ध र दमन ? पक्कै पनि यसको निर्मम समिक्षा भविष्यमा हुने नै छ । आज आएर पुष्टि हँुदै गएको छ कि प्रतिबन्धले समस्याको समाधान भएन । दमन र धरपकडले विप्लव, प्रकाण्डको शक्ति कमजोर भएन । न त उक्त पार्टीको गतिविधि रोकियो बरु झन् तिव्रतम रुपमा चलायमान भयो । न त सरकारले शान्ति सुरक्षालाई सुदृढ गर्न सक्यो ।
५. विदेशी राष्ट्रपति र प्रधानमन्त्री आउन विप्लवलाई गुहार्नुप-यो
सरकारले एकातर्फ विप्वल नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाएपछि शान्ति सुरक्षा सुदृढ भएको होहल्ला गरिरहेको छ भने अर्कोतर्फ विदेशी राष्ट्रपति वा प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा कुनै हिंसात्मक कदम नचाल्नका लागि भन्दै विप्लव समूहमा नेताहरुकोमा सन्देश पठाउने काम ग¥यो । चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग नेपाल भ्रमणमा आउँदा त्यस्ता सन्देशहरु पठाएको समाचार नै बन्यो । यसबाट के देखिन्छ भने सरकार आफैं आत्मघाती कदम चालेको छ ।
६. प्रतिबन्ध राजनीतिक उन्माद मात्रै
वास्तवमा जनताको बलिदानबाट प्राप्त भएको गणतन्त्रमा फेरि पनि पुरानै इतिहासको पुनरावृत्ति सुहाउने विषय थिएन । एउटा राष्ट्रवादी वा क्रान्तिकारी राजनीतिक दलको रुपमा जनताको माझ स्थापित हुँदै गरेको शक्तिमाथि हठात रुपमा सरकारद्वारा गरिएको आक्रमण, निषेध वा प्रतिबन्धको निर्णय आमजनताका लागि अनपेक्षित र अकल्पनीय थियो । त्यत्रो जनसंघर्ष र बलिदानबाट स्थापित भएका नेताहरुद्वारा यति छिट्टै यस्तो कठोर अमानवीय र अराजनीतिक कदम चाल्लान भन्ने विश्वास जनतामा थिएन । तर, जे नुहुन पर्ने त्यो भयो । वास्तवमा प्रतिबन्धको निर्णय विदेशीहरुको वा अमेरिकी उक्साहतमा भएको थियो । अर्को शब्दमा ओली र दाहाल गठबन्धनको एउटा लज्जित निर्णय थियो, प्रतिबन्धको निर्णय प्रधानमन्त्री ओली र अर्का नेता दाहालको उन्मादको अनि कुण्ठाको विषय पनि थियो । फेरि पनि प्रतिबन्ध, फेरि पनि आतंककारी घोषणा, फेरि पनि दमन यी कुनै पनि बुद्धिमान नेताहरुले अपनाउने हत्कण्डा थिएनन् । इतिहासमा गलत साबित भएका अनि निरंकुश शासकहरुले मात्र अपनाउने यस्ता रणनीतिले हामीलाई कहाँ पु¥याउला ? के ओली र दाहाल यसको समीक्षा गरे र ठीक ठाउँमा उभिन सक्लान् ? त्यसकारण यो केही नेताहरुको उन्माद, शनक, कुण्ठा र पूर्वाग्रहको विषय मात्र थियो । कसैको पूर्वाग्रह सोध्नका लागि पूरै देश र जनताले दुःख कष्ट झेल्न पर्ने ? के सरकारले भन्ने गरेको चन्दा आतंक रोकियो त ? के विस्फोटका घटनाहरु कम भए त ? के सरकारको शान्ति सुरक्षा सुदृढ भयो त ?
७. प्रतिबन्धनले जनतामा निराशा
सरकार त विद्रोही शक्तिलाई सकेसम्म वार्तामा ल्याउने उनीहरुका माग पूरा गर्ने अनि राजनीतिक ढंगले समस्याको समाधान गर्ने बाटोमा लाग्नुको सट्टा दमन र फासीवादी रणनीतितर्फ अग्रसर भयो । यहाँ त सरकार गैरजिम्मेवार र उत्तेजित देखियो भने विद्रोही शक्ति वरु केही लचक, संयमित र जिम्मेवार जस्तो देखियो । हिजो दशवर्षे जनयुद्धको एउटा कालमा जस्तो हतियार बुझाउने अल्टिमेटम, आत्मसमर्पणका अल्टिमेटमसहितका सूचनाहरु सरकारले जारी गर्यो । यति मात्र होइन, विप्लवका समर्थकलाई जहाँ देख्यो त्यही गोली हान्ने आदेश दिइयो । दुर्गाबहादुर रोक्कालाई गोली हानी घाइते बनाइयो । उता कुमार पौडेल, तिर्थ घिमिरे र नीर कुमार राईको हत्या भयो । दोहोरो फायरिङ्गका समाचारहरु सम्प्रेषण गरियो । प्रतिरोधको सिलसिलामा, आन्तरिक दुर्घटना वा विस्फोटमा परी दर्जन व्यक्तिहरुको मृत्यु भयो । यी घटनाहरुले आमजनतामा निराशा, भय, त्रास र आतंकको सिर्जना गर्यो । प्रतिबन्धले जनतामा मात्र होइन सुरक्षा निकाय र सरकारी संयन्त्रमा पनि आतंकको सिर्जना गर्यो । कतिपय चौकीमा जन्तीको लस्कर देख्दा पनि विप्लव आए भनि भागाभाग भयो । यसबाट के देखिन्छ भने प्रतिबन्धको निर्णय सरकार आफ्नै लागि आत्मघाती सावित भयो । हाम्रो प्रधानमन्त्री र मन्त्रीहरुमा नैतिकता भएको भए प्रतिबन्ध लगाउनेहरुले माफी माग्नु पर्दथ्यो । नैतिकता र जिम्मेवारी बोध नभएको राजनीतिक व्यवहारमा जे गरे पनि छुट हुन्छ । खिस्स हाँसेर आफ्ना अपराधहरु वा व्यंग्यहरु पचाउन पाइन्छ ।
८. प्रतिबन्धले ओलीले र दाहालको कद छोटो गरायो
एउटा देशक्त र क्रान्तिकारी शक्तिलाई राजनीतिक प्रतिबन्ध लगाउनु आफैंमा विवादास्पद कार्य थियो । त्यसमा पनि झापा विद्रोह र दशवर्षे जनयुद्धको नेतृत्व गरेका क्रमशः केपि ओली र पुष्पकमल दाहालका लागि लज्जास्पद निर्णय थियो । त्यसकारण प्रतिबन्धको निर्णयबाट उनीहरुको वैचारिक र राजनीतिक दृष्टिकोणलाई खुल्याइदिएको छ । एउटा राजनेताले त आफ्नो विरोधीहरुको पनि मन जित्नसक्नुपर्छ । जो राष्ट्रवादी छन्, क्रान्तिकारी वा प्रगतिशील छन्, जो सच्चा लोकतन्त्रवादी छन् तिनीहरुसँग सहकार्यको नीति लिएमा मात्र राष्ट्रको हित हुनसक्छ । जनताले आशा पनि गरेका थिए, १४ वर्षसम्म जेल जीवन बिताएका केपि ओली र दशवर्षे जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल कम्तीमा नेल्शन मण्डेला जस्तै राष्ट्रवादी बन्ने छन् । तर, जनताको यो अपेक्षामा ब्रजपात भयो । उनीहरु संकीर्ण दृष्टिकोणबाट प्रवाहित भए । उनीहरु उल्टो फासीवादी यात्रालाई मार्गदर्शक सिद्धान्तको रुपमा अनुशरण गरे । दमनबाट सफाया गर्ने वा निषेध गर्ने प्रबलतालाई पछ्याउने काम गरे । हरेक निर्णयमा उनिहरुले राष्ट्रवादी शक्तिलाई निषेध गरेका छन् । राष्ट्रिय पुँजीपतिको संरक्षण गर्नुको सट्टा दलाल पूँजीपतिको संरक्षणमा उत्रिएका छन् । शिक्षा, स्वास्थ्य र भूमिमा राष्ट्रियकरण गर्नुको सट्टा दलालीकरण गरे । सबै माफियाहरुको गिरोहबाट निर्देशित हुने भयो सरकार । समाजवादोन्मुख अर्थतन्त्र भन्ने तर निजीकरण, उदारीकरण, दलालीकरण र माफियाकरणलाई संस्थागत गर्ने उल्टो काम भएको छ । ट्रेडमार्क कम्युनिष्टको राख्ने तर काम दलाली गर्ने भएको छ । भ्रष्टाचार विरोधी अभियान, राष्ट्रवादी अभियान, अनि महंगी विरोधी अभियान चलाउनेलाई जेल हाल्ने सरकारको उचाइ बढ्न सक्छ र ?
९. प्रतिबन्ध हटाउ
हामीले हेरिरहेका छौं, प्रधानमन्त्री केपि ओली मृगौलाका बिरामी छन् । डायलासिस गरिरहेका ओलीमा देखिएको आत्मविश्वास वा आत्मबल भने उदाहरणीय र असाधारण छ । उनमा अलिकति पनि गल्तीको महसुस भएको छ भने उनले तुरुन्तै प्रतिबन्धप्रति आत्मालोचित हुँदै त्यसलाई हटाउनु पर्दछ । कम्तीमा अस्पतालको शैयामा पुग्दा धेरैले गल्ती, कमजोरी र पापजन्य कर्मका लागि पश्चाताप गर्दछन् । मलाई आशा छ, केपि ओलीमा पनि त्यस्तो बुद्धि आओस् र आफ्नो पापलाई पश्चात गर्ने वातावरण बनोस् । अन्यथा उनकै इतिहासका लागि यो एउटा कलंक साबित हुनेछ । उनका सल्लाहकार, माफियाहरु र गिरोहरुमा पनि त्यो बुद्धि पलाओस् ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>