नेकपाद्वारा राज्य अातंक नरोके कडा कदम चाल्ने उदघोष

२०७५ बैशाख १ गते, शनिबार

काठमाडौं, १ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज लालबहादुर बिसीले सरकारले आफ्ना पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार, समर्थक–शुभचिन्तकको घरमा खान तलासी तथा धरपडक गरेर आतंक मच्चाएको बताएका छन् । चितवन जिल्ला इन्चार्ज बिसीले एक विज्ञप्ति जारी गरेर सरकारले संकटकालको झल्को दिने गरी जिल्ला सदस्य कृष्ण बराल, मित्र केसी, समिर थापा, अखिल क्रान्तिकारीका जिल्ला सहसचिव सुदिप पौडेल, जिल्ला सदस्य दिवस भुसाललाई सरकारले गिरफ्तार गरेको भन्दै तत्काल रिहाईको माग गरेका छन् । आफैले बनाएको संविधान, ऐन र कानुनको धज्जी उडाउँदै अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रतिवन्ध लगाएको बिसीले बताए ।
“दलाल संसदीय व्यवस्था र यसका प्रतिनिधिले गर्ने करछली, भ्रष्टाचार, कमीसनखोर, जमिन दृष्टिबन्धक राख्नलगायर किसानलाई भुमीहिन बनाउने र घुसखोरीको संरक्षण गर्न सामाजिक दलाल सरकारले हाम्रो पार्टीको नेता कार्यकर्ताको घरमा खानतलास, धरकपड र गिरफ्तारी गर्ने गरेको छ । हाम्रो पार्टी दलाल सरकार र यसका कथित स्थानीय निकायले जनतामाथि जबरजस्त थोपरेको करलगायत सबै हरकतविरुद्ध आन्दोलन गरिरहेको छ” बिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी बिसीले गिरफ्तार नेता–कार्यकर्ताको रिहाई नगरे र जारी आतंक नरोकिए आन्दोलनका चाप र मात्र बढ्ने बढ्नुको साथै आफूहरु आन्दोलन गर्न बाध्य हुने बताए । उनले आन्दोलनबाट उत्पन्न परिणामको जिम्मेवार सरकार आफैले हुनुपर्ने चेतावनी समेत दिएका छन् ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी चितवनका इन्चार्ज लालबहादुर वि.सीले जारी गरेको विज्ञप्तिको पूर्णः “विगत केही दिनदेखि चितवनमा एमाले माओवादी केन्द्रको सामाजिक दलाल पुँजीवादी सरकारको निर्देशनमा प्रहरीले हाम्रो पार्टीका कार्यकर्तालाई गिरफ्तार गर्ने र घरमा खानतलास गर्ने गरेको छ । हालै पार्टी डिसिएम कृष्ण बराल, मित्र केसी, एसिएम समिर थापा, अखिल क्रान्तिकारीका जिल्ला सहसचिव सुदिप पौडेल र जिल्ला समिति सदस्य दिवस भुसाल्लाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखिएको छ । यसैगरी सर्वसाधरण जनतालाई पनि हाम्रो पार्टीको नाममा गिरफ्तार गरी हिरासतमा राखिएको छ ।
विगतमा राज्यले लगाएको संकटकालको समयमा जस्तोगरी पार्टीका जिल्ला सदस्य क. ध्रुबलगायत अन्य कार्यकर्ताको घरमा छापा मार्ने र परिवारलाई आतङ्कित गर्ने काम गरिएको छ । आफैले बनाएको प्रचलित संविधान,ऐन र कानुनको आफै धज्जी उडाएको छ । दलाल संसदीय व्यवस्था र यसका प्रतिनिधिले गर्ने करछली, भ्रष्टचार, कमीसनखोर, जमिन दृष्टिबन्धक राख्न लगाएर किसानलाई भुमीहिन बनाउने र घुसखोरीको संरक्षण गर्न सामाजिक दलाल सरकारले हाम्रो पार्टीको नेता कार्यकर्ताको घरमा खानतलास, धरकपड र गिरफ्तारी गर्ने गरेको छ । हाम्रो पार्टी दलाल सरकार र यसका कथित स्थानीय निकायले जनतामाथि जवरजस्त थोपरेको करलगायत सबै हरकतविरुद्ध आन्दोलन गरिरहेको छ । यसैले जनता र राष्ट्रलाई बरवादी गर्ने दलालहरु जनताको पक्षमा गरिएको आन्दोलनको निशानामा पर्ने कुरा स्वभाविकै हो ।
गिरफ्तार गरिएका हाम्रो पार्टीको कार्यकर्ता शिघ्र रिहाई नगरे आन्दोलन चाप र मात्रा अझ बढने कुरा निश्चित छ । त्यसैले गिरफ्तार गरिएका हाम्रो पार्टीको कार्यकर्ताको शिघ्र रिहाइको माग गर्दछौ । अन्यथा आन्दोलन गर्न वाध्य हुनेछौ । यसबाट उत्पन्न हुने परिणामको जिम्मा स्वंय सामाजिक दलाल सरकार हुनेछ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु