नेकपाद्वारा देशैभरी नेपालको नक्सा प्रर्दशन

२०७६ मंसिर २० गते, शुक्रबार

काठमाडौँ , २० मंसिर । नेपाल कम्युनिस्ट पार्टी भारतीय अतिक्रमणबिरुद्ध देशैभर जुलुुस प्रदर्शन, अन्तरक्रिया, सीमा बचाउ अभियानद्वारा जारी नक्साको प्रचार तथा नक्सा प्रदर्शन, भारतीय दूतावासअगाडि प्रदर्शन, ज्ञापनपत्र बुझाउने र साहित्यिक कार्यक्रम अनुसार बिहीबार कालिकोट, अछाम, कञ्चनपुर, कैलाली, बाजुरा, बर्दिया, दाङ, कपिलवस्तु, नवलपुर, चितवन, मकवानपुर र झापा लगायत देशका विभिन्न जिल्लामा नक्सा प्रदर्शन गरेको छ ।
यसैक्रममा कालिकोटमा नक्सा प्रर्दशनपछि जनसभा सम्पन्न भएको छ । उक्त जनसभालाई जिल्ला सेक्रेटरी रणदिपले सम्बोधन गरेको बताइएको छ । बेजोड कलाकारको प्रस्तुतीसहित सम्पन्न सभामा बोल्दै सेक्रेटरी रणदिपले बरु मर्छौ तर नेपाल गुम्न नदिने उद्घोष गर्दै गुमेको नेपाल फिर्ता ल्याएर छोड्ने ठोकुवा गरे ।उनले भने – ‘यो कसैबाट सम्भब छैन मात्रै नेकपाको नेतृत्वमा सम्भव छ किनकी सबै दल र तिनका नेताहरु भारतले खरिद गरिसकेकाले बोल्ने हिम्मत छैन, बोले सत्ता गुम्ने डरले चुप लाग्नु बाध्यता छ ।’ तसर्थ मात्रै यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्छ सबै राष्ट्रवादीले साथसहयोग गर्नुपर्ने बेला आएको धारणा राखे ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी झापाले पार्टीको पुर्व घोषित कार्यक्रम अनुसार बिहिबार विशाल नेपालको नक्सा प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सेक्रेटरी श्रीजंगले झापालि जनसमुदायको भव्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको बताए । राष्ट्रियताको पक्षमा बोल्दा आफुहरुलाई प्रतिबन्धित गर्दै केपि पिके सरकारले देशको सिमाना भारतले मिच्दा समेत कुनै पहल नगरेको भन्दै उनले सरकार दिल्लीको दलाल भएको र यो सरकारले जनता र देशको रक्षा गर्न नसक्ने बताए । भारतीय साम्राज्यवादको दादागिरी बढेकोले बिगत पुर्खादेखी गुमेको भुभाग फिर्ताका लागि आफ्नो पार्टी अन्तिमसम्म लड्ने र आम नेपाली जनताले साथ दिने बताए । नेकपाले झापाको दमकस्थित हिमाबि ,सुरुङ्गा, सिवसताक्षी, भद्रपुर, बिर्तामोड, बुद्धशान्ति, मेचिनगर लगायतका स्थानमा बृहत् नेपालको नक्सा सहितको ब्यानर राख्दै प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ । प्रचारप्रसारमा उपस्थित झापालि जनताले राष्ट्रियताको निमित्त आफुहरुको निरन्तर साथ रहेको बताउँदै निरन्तर अगाडि बढ्न सुझाव दिएको सेक्रेटरी श्रिजंगले बताए । झापाका विभिन्न स्थानमा जिल्ला तहका नेताले कार्यक्रमलाई सम्बोधन गर्दै सिमारक्षा र भारतीय दादागिरीका विरुद्ध आफुहरु निरन्तर लडिरहने बताएका छन् । सरकारले आफुहरुले राष्ट्रघाति दलालहरुलाई कारबाही गरेकै कारण प्रतिबन्ध लगाउँदै राष्ट्रघाति दलालहरुलाई सहयोग गरेको बताएका छन् ।

प्रतिक्रियाहरु