नेकपाद्धारा देशका विभिन्न भागमा विरोध कार्यक्रम सम्पन्न

२०७६ कार्तिक ९ गते, शनिबार

काठमाडौं, ९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले आज देशको बिभिन्न ठाउमा स्थानीय स्तरमा विरोध कार्यक्रम गरेको छ । असोज ३० गते पक्राउ परेका मध्य पश्चिम कमाण्ड ईन्चार्ज चन्द्र बहादुर चन्द बीरजंग , केन्द्रीय सदस्य सुभाष सहित २१ र अन्य नेता कार्यकर्ता पक्राउको विरोधमा सो कार्यक्रम गरेको हो । कालिकोटबाट प्राप्त खबर अनुसार जिल्लाको विभिन्न स्थानमा सरकार विरोधी प्लेकार्ड सहित प्रदर्शन गर्नुका साथै कोण सभा गरिएका छन् ।
यसै गरी जाजरकोट, कास्की,रुकुम, रोल्पा, सल्यान,झापा,भोजपुर लगायत अन्य जिल्लामा पनि विरोध प्रदर्शनहरु भएको सो पार्टीले जनाएको छ । यस अघि सो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको थियो । गत फागुण २८ मा सरकारले प्रतिवन्ध लगाए पछि एक हजार बढी नेता कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु