नेकपाको नाममा धम्काउने गिरोह सक्रिय !

२०७६ जेष्ठ २७ गते, सोमबार

काठमाडौं, २७ जेठ । नेपाल कम्युनिस्ट पार्टीको नाममा बोर्डिंग स्कुलको भर्नालाई प्रभावित पार्ने गरि खबदारी पर्चाहरु बाँड्ने गिरोह सक्रिय रहेको खुलासा भएको छ । भक्तपुरको चागुनारायण नगरपालिकाको न्यौपाने गाउँमा रहेको नबिन इंगलिस स्कुलमा नेकपाका महासचिव विप्लबको नाममा भौतिक कारबाही गर्ने खबरदारी पर्चाहरु भेटीएपछि यस्तो खुलासा भएको हो । खबरदार लेखिएका पर्चाहरु गत बैशाख २ गते भेटिएका थिए ।
महासचिव विप्लबको नक्कली हस्ताक्षर सहितका केहि पर्चाहरु भेटीए पछि नेकपा निकट अनेरास्वबियु (क्रान्तिकारी)ले उक्त घटनामा आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टीको संलग्न नरहेको भन्दै खण्डन गरेको छ । अनेरास्वबियु (क्रान्तिकारी) संगठन भक्तपुरका सचिव मान बहादुर डाँगीले एक प्रेस बिज्ञप्ति जारिगरि विप्लबका नाममा भेटिएका पर्चाहरु नेकपा पार्टीको बद्नाम गराउन चाहने अपरिचित समुह रहेको स्पष्ट पारेका छन् । विप्लवको नाउँमा कृते हस्ताक्षर गरि धम्क्याउने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै, त्यस्ता व्यक्तिहरुको तत्काल पत्तालगाई कारबाही गर्ने समेत बताएको छ ।
बिज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीको संलग्न नरहेको उक्त बिद्यालय तथा स्थानीय जनमासमा जानकारी गराउदा छौ ।’
यसरीनक्कली हस्ताक्षर गरि आम जनमानसलाई आतंकित पार्ने पार्टीलाई बद्नाम गर्ने संकीर्ण सोंच भएका व्यक्तिहरुलाई तत्काल पत्ता लगाई जनसत्ताको बिधि अनुसार कारबाही गर्ने समेत संगठनले जनाएको छ ।

गत बैशाख २ गते भेटिएको विप्लबको कृते हस्ताक्षर सहितको खबदारी पर्चामा यस्तो लेखेको छ: –
“खबरदार खबरदार खबरदार
आदरणीय अभिभाबकबर्ग ज्युहरु यस नबिन इङ्ग्लिश स्कुलले पटक पटक दिएको निर्देशन अबज्ञा गरेकाले बाध्य भएर भौतिक कारबाही गर्नूपरेको अवस्था छ ।
गुणस्तरहीन शिक्षा, चर्को सुल्क असुली, शिक्षकलाई संगठित हुन नदिनु, अग्ला बिद्यालय भवन, पठन पाठनको उचित बातावरण नदिनु, प्रिन्सपलको ढोंगी र घमण्डी ब्यबहार आदि कारणले गर्दा यस स्कुलका प्रिन्सिपल राम प्रसाद निरौलालाई व्यक्तिगत साथै स्कुललाई जुनसुकै बेलामा भौतिक कारबाही गर्न नेपाल कम्युनिष्ट पार्टीको निर्णय भएकोले आ-आफ्ना नानि बाबुलाई सुरक्षित राख्न सम्पूर्ण अभिभाबकहरुलाई आव्हान गरि यो सुचना प्रकाशित गरिएको छ । कारबाही गर्दा हुने धन जनाको क्षेती प्रति स्वयम् प्रिन्सिपल जबाफदेही हुनेछ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु