नेकपाका सेक्रेटरी पक्राउ

२०७४ भाद्र २७ गते, मंगलवार

काठमाडौ, २७ भदौ । नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी नन्दप्रसाद तिवारी “जगन”लाई प्रहरीले बिना कारण पक्राउ गरेको छ । उनलाई पोखरा लेखनाथ महानगरपालिका वडा नं. १ बगरस्थित जिलला वन कार्यालय कास्की अगाडि रहेको चिया पसलमा बसेर चिया खाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताइएको छ । वडा प्रहरी कार्यालय बगर पोखरा नजिकै रहेको सो चिया पसलमा चिया खाईरहेका सेक्रेटरी जगनलाई वडा प्रहरी कार्यालय बगर पोखरामा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीले हिजो नेकपा कास्की जिल्ला कमिटी सदस्य गोबिन्द ओली र सहायक संगठन राष्ट्रिय जनस्वयंसेवक कास्कीका सचिव लोकेन्द्र राईलाई पनि पक्राउ गरकेो थियो ।

प्रतिक्रियाहरु