नेकपाका नेता दिपेश राई रिहा

काठमाडौं, २४ असोज । नेकपाका केन्द्रीय सदस्य दिपेश राई रिहा भएका छन् । सुनसरी, उदयपुर हुँदै सङ्खुवासभा पु-याइएका राई ५५ दिनपछि सङ्खुवासभा जिल्ला अदालतबाट रिहा भएका हुन् ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी झापाका इन्चार्ज सौगात आचार्य, सेक्रेटरी सुमनसिंह पौडेल र मजदुर नेता चमनलाल माझी पनि रिहा भएका छन् । उनीहरूलाई सोमबार विराटनगर उच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै थुनामुक्त गर्न आदेश गरेको हो । गत भदौ १२ गते इलामबाट गिरफ्तारीमा परेका उनीहरूलाई विभिन्न हिरासतमा राख्दै झूट्टा मुद्दा लगाएर दुःख दिइएको थियो । आचार्यकी भतिजी तृप्ति आचार्यले रिट निवेदन गरेपछि उच्च अदालत विराटनगरले थुनामुक्तिको आदेश गरेको हो । प्रहरीले भदौ १२ गते ११ जनालाई गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>