नेकपाका गोर्खा इन्चार्ज गिरफ्तार

काठमाडौं , २५ साउन । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका गोर्खा जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई गिरफ्तार गरेको छ । कुमाललाई बिहीबार गोर्खाबाट प्रहरीले गिरफ्तार गरेको बताइएको छ । यसैबीच नेकपा गण्डकले आफ्ना जिल्ला इन्चार्ज कुमाललाई पक्राउ प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा (आस्था)ले आफ्ना कार्यकर्तालाई बिनाकारण राज्यले गिरफ्तार, धरपकड गर्नु राज्यको गैरजिम्मेवारी पन भएको बताएकी छिन् । गिरफ्तारीमा परेका जिल्ला इन्चार्जलाई बिनासर्त रिहाइ नगरे संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने बताएकी छिन् ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>