निद्रा र यसको महत्व

काठमाडौं, २७ वैशाख । भोग लाग्नु, समयमा निद्रा लाग्नु राम्रो स्वास्थ्यको संकेत हो । तर अहिले हामी न त समयमा खाना खाइरहेका छौ न त सुति नै रहेका छौ। यसका लागि हाम्रो तिब्रताका ासथ बद्लिदो रहनसहन जिम्मेवार छ। बहुराष्ट्रिय कम्पनीहरुका कारण अहिले चौबीसै घण्टा काम हुन्छ। त्यसैले न त सुत्ने समय ख्याल रहन्छ न त खाना खानेकैको हेक्का रहन्छ । हामी हाम्रो जीवनको एक तिहाई हिस्सा सुत्नमा वा सुत्ने कोशिसमा बिताइदिन्छौ । अहिले कोही पनि डाक्टरले भनेअनुसार कम्तीमा पनि ७ घण्टा सुत्दैन । हाम्रो निद्राको सबैभन्दा ठुलो दुश्मन हो ग्याजेट्स ।
हाम्रो निद्रा खराब गर्नेमा मोबाइल, ट्याबलेट, ल्यापटप आदिको पनि निकै ठुलो योगदान छ । विशेषगरी मोबाइल फोनको लाइटले त हाम्रो निद्रामा सबैभन्दा बढी दखल दिने गर्दछ ।
अब प्रश्न उठ्छ कि के तमाम आर्टिफिशियल अर्थात कृत्रिम उज्यालो बन्द गरेर हामी आफ्नो निद्रा ठिक गर्न सक्दछौ ? के वर्तमान अवस्थामा बिजुलीको उज्यालोबिना जीवन सम्भव छ ?
यही प्रश्नको उत्तर खोज्न निस्किइन्, यो लेख लेख्ने लेखिका लिन्डा गेड्स । उनले निद्रामा अध्ययन गर्ने अध्ययनकर्ता डर्कजेन डिज्क र नयनतारा साथीका साथ काम गरिन् । उनको अध्ययनको नतिजा निकै आश्चर्यजनक थियो ।
कुन उज्यालो राम्रो ? प्राकृतिक वा कृत्रिम ?
बिजुली औद्योगिक क्रान्तिको सबैभन्दा ठुलो उत्पादन हो । यसअघि हामी सबै प्राकृतिक उज्यालोकै साहरामा बाँच्थ्यौ । अहिले पनि धेरै यस्ता स्थान छन्, जहाँ बिजुली छैन ।
भारतजस्ता देशमा त कतिपय अवस्थामा शहरमा पनि यो अवस्था देख्न सकिन्छ । जहाँ बिजुलीको उज्यालो छ, त्यहाँ पनि मानिसहरु सुर्यास्त भएलगत्तै सुत्दैनन् । बरु आगो बालेर उज्यालोको व्यवस्था गर्दछन्। फरक यति द्ध कि यी नागरिकहरु समयमै सत्छन् र सुर्योदयसँगै उठेर आफ्नो काममा लाग्छन् । जबकि शहरबासीहरु सुत्नका लागि संघर्ष गर्दछन् र जब निद्रा आउन लाग्दछ तब उठ्नका लागि संघर्ष गर्न लाग्दछन् । प्राकृतिक उज्यालोमा बाँच्नेहरु पनि त्यति नै सुत्छन् जति अबेरसम्म बिजुलीको उज्यालोमा बस्नेहरु सुत्छन् । तैपनि यी दुईको निद्राको गुणस्तरमा निकै नै फरक हुन्छ ।
क्यानडाको टोरन्टो युनिभर्सिटीका अध्ययनकर्ता डेविड सैमसनका अनुसार तान्जनियाको हदजा क्षेत्रका बासिन्दा अहिले पनि बिजुली बिनै बस्छन् । उक्त क्षेत्रमा अनिद्राजस्ता रोग शुन्य बराबर छ, जबकि पश्चिमी देशको तथ्याङ्क यसविपरीत छ।
उज्यालोमा हामी राम्रोसँग हेर्न पाउँछौ, तर उज्यालोले हाम्रा शरीरको काम गर्ने तरिकामा पनि आफ्नो असर पार्दछ । बिहानको उज्यालोले हाम्रो शरीरलाई चुस्त बनाउँछ भने रातको उज्यालोले हाम्रो काम गर्ने कति कम गरिदिन्छ । उज्यालोले निद्राका लागि जिम्मेवार हर्मोन मेलाटोनिनको असर लाई पनि असर गर्दछ । यति मात्र होइन, मुटु र दिमागको काम गर्ने तरिकामा पनि आफ्नो असर छोड्दछ । प्रोफेसर नयनतारा सांथीका अनुसार उज्यालोले हाम्रो अलर्टनेसलाई बढाइदिन्छ, जुन काम गर्नका लागि त सही हो । तर निद्राका लागि सही होइन, यसको असर हाम्रो मुडमा पनि गहिरोसँग पर्दछ ।
कस्तो हुन्छ हाम्रो शरीरमा अँध्यारोको असर ?
उज्यालो र अँधेरोको हाम्रो शरीरको काम गर्ने तरिकामा कति असर पर्दछ, यो जान्नका लागि लिन्डा गेडेसले एउटा अभ्यास गरिन् । उनी केही सतासम्म बिजुलीबिनाको उज्यालोमा पूरै परिवारका साथ बसिन् ।
सुरुवाती हप्तामा उनी दिनको समयमा केहीबेरका लागि बिजुलीको उज्यालोको प्रयोग गर्दथिइन् । साँझ ६ बजेपछि लिन्डाले आफ्नो ल्यापटपको चम्किलो उज्यालो अर्थात ब्राइटनस पनि कम गरिदिन्थिइन् । उनी घरमा सबै काम मोमबत्तीको उज्यालोमा गर्दथिइन् ।
यही क्रममा उनको मेलाटोनिन हर्मोनमा नजर राखियो, जसले शरीरमा बायोलजिकल नाइट उत्पन्न गर्ने काम गर्दछ । पहिलो सातामा उनी औषतः करिब साढे चार घण्टा सुर्यको उज्यालोमा बस्थिइन् । दोस्रो सातामा यो समय एक घण्टाभन्दा पनि कम रह्यो ।
अभ्यासको सुरुवाती हप्तामा उनी कोठामा पर्दा हटाएर राखिन्, ताकि बिहानको प्राकृतिक उज्यालो उनले बढी पाउन सकुन् ।तर रातको समयमा गल्लीमा बल्ने ल्याम्पको लाइटले उनलाई सताउने गर्दथ्यो । २०१६ मा गरिएको अध्ययनको रिपोर्टअनुसार जुन मानिस ठुलो सहरमा बस्छ, उनीहरुले यो समस्याको सामना बढी गर्नु पर्दछ ।
बढी झिलीमिलीको अर्थ कम निद्रा:
वास्तवमा ठुला सहरमा रातिको समय जुनप्रकारको लाइट्सको प्रयोग हुन्छ, त्यसको उज्यालो साना सहरमा प्रयोग हुने लाइट्सको तुलनामा ६ गुना बढी हुन्छ । जुन मानिस बढी झिलिमिलीमा बस्छन् उनीहरुमा निद्रा नलाग्ने समस्या बढी हुन्छ । उनीहरुमा दिनभरको थकान हावी रहन्छ ।
जुन मानिस सुत्नुअघि ई–रिडरमा अध्ययन गर्दछन् उनीहरुमा पनि निद्रा नलाग्ने समस्या हुन्छ। यसका साथै जुन मानिस साँझको समय वा सुत्नुअघि स्मार्टफोन वा कम्प्युटरमा भिडियो गेम खेल्दछन् उनीहरु खेल्ने बेलामा त निकै सक्रिय हुन्छन् तर भोलिपल्ट यसको असर स्पष्टसँग देखिन्छ ।
अध्ययनहरुले भन्छ कि जुन मानिस आर्टिफिशियल लाइटभन्दा प्राकृतिक उज्यालोमा बढी बस्छन्, उनीहरुमा मेलाटोनिन हर्मोन तिब्रताका साथ आउँछ, र समयमै बडी क्लकले निद्राको सिग्नल दिन लाग्दछ । उज्यालोको रङ्गले पनि हाम्रो निद्रा र मुडमा असर पार्दछ ।
उज्यालोको रङ्ग अझ महत्वपूर्ण
२००७ मा गरिएको एउटा अध्ययनअन्तर्गत एउटा फ्लोरका कर्मचारीहरुलाई नीलो लाइटमा, जबकि दोस्रो फ्लोरका कर्मचारीलाई सेतो उज्यालोमा चार हप्तासम्म काम गराइयो । चार हप्तापछि दुवै फ्लोरको लाइट्स परिवर्तन गरियो । यसबाट थाहा भयो कि जुन मानिसले दिनको समयमा सेतो. उज्यालोमा काम गरेका थिए, उनीहरुका काम गर्ने तरिकामा निकै सुधार आयो, उनीहरु बढी अलर्ट पनि थिए । यता रातको खाना पनि ठिक समयमा खाइरहेका थिए । उनीहरुको निद्राको घण्टा पनि बढी भएको थियो ।
साँझको समय हामी कुनप्रकारको ऊर्जामा रहन्छौ , यो अधिकांश यो कुरामा निर्भर गर्दछ कि हामी दिनभर कुनप्रकारको उज्यालोमा बस्यौ । उत्तम हुनेछ कि दिनमा प्राकृतिक उज्यालोमा समय बिताइयोस र रातको समयमा आर्टिफिशियल लाइट कम प्रयोग गरियोस्। चम्किलो लाइटको स्थानमा मध्यम उज्यालोमा रहँदा यसबाट निद्रा राम्रोसँग लाग्नेछ । शताब्दियौदेखि मानिस दिनमा सुर्यको किरणले काम चलाउँदै आएको छ। र, रातको अँधेरोमा आगोको उज्यालोमा केही समय बिताएपछि जुनेली रातमै जीवन बिताउँदै आएको छ ।
त्यसैले जति सम्भव छ प्राकृतिक उज्यालोमै बस्नुस् ताकि राती निद्रा राम्रोसँग लागोस् । निद्रा स्वास्थ्यका लागि निकै नै महत्वपूर्ण छ । तर आफ्नै ससाना बेवकुफीहरुका कारण हामी यो महत्व बुझ्न सकिरहेका छैनौ । – लिंडा गेडिस/बीबीसी हिन्दीबाट

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>