निकुञ्जहरुमा विद्युतीय पर्यटकीय सुचना केन्द्र

२०७६ आश्विन २५ गते, शनिबार

काठमाडौं, २५ असोज । देशभरका चार राष्ट्रिय निकुञ्ज र एउटा संरक्षण केन्द्रमा विद्युतीय पर्यटकीय सुचना केन्द्र निर्माण गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै निकुञ्जहरुमा विद्युतीय पर्यटकीय सुचना केन्द्र निर्माण गरिन लागेको बताइएको छ । चितवन राष्ट्रिय निकुञ्जमा भएको वन, वन्यजन्तु, वनस्पती र जनवारको विषयमा पर्यटकलाई जानकारी गराउने गरि केन्द्र स्थापना गर्न लागिएको छ । निकुञ्ज र केन्द्रका वढि पर्यटक आवागमन हुने ठाउँहरुमा सुचना केन्द्र निर्माण गर्न लागिएको हो । केन्द्र आँफैले केहि दिन भित्रमा सुचना प्रकाशन गरेपछि टेण्डर प्रकिया मार्फत पर्यटकीय सुचना केन्द्र निर्माण हुने छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सुचना अधिकारी विष्णु प्रसाद श्रेष्ठका अनुसार चितवन, शिवपुरी नागार्जुन, पर्सा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सुचना केन्द्र निर्माण गर्न लागिएको हो । यसै गरि कञ्चनजंगा संरक्षण केन्द्रमा पनि सुचना केन्द्र निर्माण गरिदै छ । पर्सा र शुक्लाफाँटाका लागि रु ७५÷७५ लाख र अन्यका लागि १÷१ करोड रकम विनियोजन गरिएको श्रेष्ठले जानकारी दिनु भयो । चितवनको सौराहा र अन्यको मुख्य कार्यालय रहेका क्षेत्रहरुमा सुचना केन्द्र निर्माण गरिने छ ।
सुरुमा भवन निर्माण गरि सोहि भवन भित्र वढिमा आठ वटा सम्म मनिटर रहने व्यवस्था मिलाईदै छ । श्रेष्ठका अनुसार ती मनिटरहरुवाट निकुञ्ज र संरक्षण केन्द्रका ठाउँहरुको अवस्था देखि त्यहाँ रहेका हरेक वन्यजन्तुको वारेमा जानकारी लिन सकीने छ । पर्यटकहरुले घुम्न जानु अघि केन्द्रमा वसेर त्यहाँको वारेमा विस्तृत अध्ययन गर्न सक्ने छन् । छोटो भ्रमणमा आउनेहरुले आँफु जान नसकेका ठाउँहरुको वारेमा पनि जानकारी लिन सक्ने छन् । श्रेष्ठका अनुसार त्यहाँ रहने मनिटरहरु मध्ये एउटा मनिटरमा आँफै पुगेको आभाष मिल्ने गरि वन, वन्यजन्तु, वनस्पती र स्थान हेर्न र सुन्न मिल्ने व्यवस्था समेत मिलाउन लागिएको छ । केन्द्रमा स्कुल र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि उपयोग हुने गरि सामाग्रीहरु समेत रहने छन् ।
डिजिटल वाहेकका निकुञ्ज र संरक्षण केन्द्रका सुचनाहरुका लागि प्रकाशीत पुस्तक, व्रुसर लगाएतका सामाग्री समेत केन्द्रमा रहने छन् । भ्रमण वर्षलाई लक्षित गरि कामलाई तिव्रता दिन लागिएको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार