नाइजेरियामा हिंसात्मक घटना, २४ जनाको मृत्यु

काठमाडौँ , २४ फागुन । नाइजेरियाको उत्तर मध्य प्रदेश बेनौ राज्यमा पछिल्लो समयमा भएका हिंसात्मक घटनामा परी कम्तिमा २४ जनाको मृत्यु भएको छ । पशुचौपायासम्बन्धी विवादका कारण गत सोमबारदेखि त्यस क्षेत्रमा हिंसात्मक घटना भएको अधिकारीहरुले जनाएका छन् । हिंसामा परी सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएको राज्यका गभर्नर साम ओर्टोमले जानकारी दिएका छन् । उनले त्यस घटनालाई अमानवीय घटनाको रूपमा व्याख्या गरेका छन् ।
घटनालाई नियन्त्रणमा लिई दोषी पत्ता लगाउन र दोषीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको उनले बताए । दुई दिनसम्म भएको हिंसाका घटनामा मृत्यु हुनेमध्ये धेरै जसो विद्यालयका बालबालिका रहेको बताइएको छ । नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले हिंसात्मक घटनालाई चाँडै नियन्त्रणमा लिने प्रतिबद्धता व्यक्त गरेका छन् । – एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>