काठमाण्डौ , २६ चैत । नष्ट गर्न ठिक्क पारिएको नोट खल्तीमा हाल्ने कर्मचारीलाई फौजदारी अभियाग लगाउनुपर्नेमा आन्तरिक कारबाही गरी छाडिएको छ।राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले गम्भीर अपराध भएको ठहर गर्दै मुद्दा चलाउन सिफरिस गरेको थियो । तर, गभर्नर डा. चिरञ्जिवी नेपालले भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरेर छाडिदिएका छन्।
गत साउनमा धुल्याउन नोट नष्ट गर्न टेबलमा मिलाएर राखिएकामध्ये हजारका नोटको बिटा शाखा प्रबन्धकले गन्दा तीन नोट कम थिए। अपुग तीन हजार सम्बद्ध सहायक निर्देशक इन्द्रप्रसाद शर्मालाई तिराई नोट धुल्याइएको थियो। जब कि टेबलमा नोटको थुप्रो नै थियो। शंका लागे पनि अरु बिटा गन्दै नगनी घटना थामथुम पारिएको थियो। तर, कर्मचारीमा चर्चा चलेपछि शाखा प्रबन्धकले सिसिक्यामेराको फुटेज हेरे। कर्मचारीले नोटको बिटाबाट पैसा तान्ने मात्र होइन, बिटा नै खल्तीमा हालिरहेको भिडियो देखिएपछि थप अनुसन्धानका लागि केन्द्रीय कार्यालय पठाइएको थियो। – नयाँ पत्रिका दैनिकवाट
अन्तर्बार्ता

वाम गठबन्धन घाँसभित्र लुकेर बसेको हरियो सर्प हो- प्रकाण्ड
० नेकपाले सुरु गरेको तीन महिने जनजागरण तथा भण्डाफोर अभियान कस्तो खालको अभियान हो ? यो अभियान पार्टीको आगामी नयाँ चरणको कार्यक्रम हो । हामीले विगतको स्थानीय,- ...
थप पढ्नुहोस्बिज्ञापन
भिडियो
Connect to Facebook