नयाँ प्रबिधिबाट पुल निर्माण

२०७४ फाल्गुन २९ गते, मंगलवार

काठमाडौं, २९ फागुन । इलाम सडक डिभिजन कार्यालयद्वारा पुवाखोलामा निर्माणाधिन पुल अन्तिम चरमा पुगेको छ । फुटपाथ सहित दुई लाइनको सो पुलको काम ९८ प्रतिशत पुरा भएको बताइएको छ । निर्माणाधिन यस पुल पूर्वी क्षेत्रकै नयाँ प्रविधिबाट तयार गरिएको हो । मेची राजमार्गले पुर्वी पहाडी जिल्लाहरुलाई तराइ जोड्न पुलको काम गरिरहेको छ । यस सडकले दैनिक उपभोग्य वस्तु घरघरमा लैजान र उत्पादित वस्तु सहज रुपमा वजारसम्म लैजान मद्धत गरेको छ । यस राजमार्गमा पर्ने धेरै स्थानहरुमा पुराना पुल जिर्ण भएका छन् ।
यहाँ समेत भएको पुल पुरानो भएका कारण नयाँ पुल निर्माण गरिएको डिभिजन सडक कार्यालय इलामका इञ्जिनियर ध्रुबकुमार झाले जानकारी दिए ।निर्माणाधिन पुल (प्रिस्टे«स कन्क्रिट) प्रविधिबाट निर्माण भएको जनाइएको छ । यस प्रविधिबाट निर्माण गरिएको पुल नेपालमा कमै रहेको इन्जिनियर झाले वताए । ‘अव सवबेस र पेन्टिङको मात्र काम बाँकी छ,’ झा ले भने । उक्त पुल निर्माणका लागि ४ करोड १३ लाख ९० हजार दुई सय ९५ रुपैयाँ को लागतमा २०७१ असार २७ गते ठेक्का सम्झौता भएको थियो । एलिट कन्ट्रसनले काम गरिरहेको छ । ठेक्का सम्झौता लिएको ३ बर्षमा सक्नुपर्ने भएपनि नयाँ प्रबिधि भएकाले सामाग्रिको अभावका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।
उक्त पुलको लम्वाई ४१ मिटर छ भने चौडाइ ११ मिटर रहेको छ । यस प्रबिधिबाट निर्माण भएको पुलको आयु लामो हुने प्राविधिकहरुको छ । सडकसँगै यस सडक डिभिजन कार्यालय इलामले राष्ट्रिय र क्षेत्रिय राजमार्ग गरि ३९१ किलोमिटर सडक निर्माण, पुननिर्माण र मर्मत गर्ने जिम्मा पाएको छ । राष्ट्रिय राजमार्ग अन्तर्गत मेची राजमार्ग झापा र इलामको सिमा रोङ गाउँपालिका स्थित (च्यान डाँडा) जोरकलशबाट पाँचथर हुँदै ताप्लेजुङको सुकेटारसम्म २२१ किलो मिटर हेर्ने जिम्मा समेत पाएको डिभिजन प्रमुख खड्गलाल श्रेष्ठले वताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार