नयाँ नोट छाप्न बोलपत्र आव्हान

२०७६ कार्तिक १४ गते, बिहीबार

काठमाडौं, १४ कात्तिक । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका ४ अर्ब ८० करोड रुपैयाँ बराबरको नयाँ नोट छाप्नका लागि बोलपत्र आव्हान गरेको छ । राष्ट्र बैंकले नोटको डिजाइन, छपाई तथा आपूर्तिको समेत काम गर्नका लागि टेण्डर आव्हान गरेकोजनाएको छ ।
गत शनिवार प्रकाशित गरेको सूचना अनुसार नोट छपाई गर्न इच्छुकले १० डिसेम्बर २०१९ सम्ममा आवेदन दिइसक्नुपर्ने छ। बैंकले सोही दिन बोलपत्र खोलिने समेत जनाएको छ । बैंकले नोट छपाइको जिममा पाउने कम्पनीले २०२० को मे ७ सम्ममा नोट छापिसक्नुपर्ने जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु