नक्कली कस्मेटिक सामान विक्री गर्ने पसलमा प्रहरीको छापा

२०७६ कार्तिक ८ गते, शुक्रबार

काठमाडौँ , ८ कार्तिक । महानगरिय प्रहरी ललितपुरले नक्कली कस्मेटिक सामान विक्री गर्ने पसलमा छापा मारेको छ । प्रहरीले
लगनखेल तथा मंगलबजार क्षेत्रमा रहेका कस्मेटिक टाइम्स्, बुद्ध मेकअप, अनिश खान स्टोर, अवि श्री गणेश एण्ड ब्यूटी पार्लर समेतका कस्मेटिक पसलहरुमा बिहीबार छापा मारेको हो । यी पसलहरुले युनिलिभर नेपाल लिमिटेडद्वारा उत्पादित श्रीङ्गारका सामग्रीहरुका प्रतिष्ठित ट्रेडमार्क तथा ब्राण्डहरुको बदनाम गराउने तथा जनतालाई समेत झुक्याउने किसिमबाट अन्यत्र उत्पादन गरि नेपाली बजारमा बिक्रिबितरण समेत गर्दै आईरहेको युनिलिभर नेपालको दाबी रहको महानगरिय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले बताए । पेटेन्ट, डिजाईन तथा ट्रेढमार्क ऐन २०२२ दफा १६ को उपदफा २ र ऐ को दफा १८ बमोजिम कुनै व्यक्तिको नाममा दर्ता भएका ट्रेडमार्कहरु कसैले नक्कल गर्न वा प्रयोग गर्न पाईदैन । ऐनको दफा १२ (घ) बमोजिम आफ्नामा नाममा नामसारी नगराई वा प्रयोगको निम्ति लिखित रुपमा अनुमति नलिई आफ्नो वा अरुको नाममा प्रयोग गर्ने, गराउने हुदैन भनि स्पष्ट व्यवस्था गरिएको छ । अधिकार प्राप्त ट्रेडमार्क सम्बन्धीत व्यक्तिको लिखित मन्जुरी बिना कोही कसैले पनि ट्रेडमार्क नक्कल गरी सर्वसाधारण जनताहरुलाई झुक्याउनु गैह्रकानुनी हुने र त्यस्तो कार्य पेटेन्ट, डिजाई तथा ट्रेडमार्क ऐन २०२२ बमोजिम पुर्ण प्रतिवन्ध गरी सो सम्बन्धी कसुर गर्नेलाई कारबाही समेत व्यवस्था रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार