त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः २१ घन्टा सञ्चालन

२०७६ असार १६ गते, सोमबार

काठमाडौं, १६ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुन: २१ घन्टानै सञ्चालन भएको छ। रन–वे (धावनमार्ग) मर्मतका कारण चैत १८ गतेदेखि बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुँदै आएको थियो । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किँदा जहाज उडान र अवतरणमा समस्या आएपछि चैत्र १८ गतेबाट धावनमार्गको मर्मत शुरु गरिएको थियो । तीन हजार मिटर लामो धावनमार्गमा आवश्यकताका आधारमा २० देखि २५ सेन्टिमिटर नयाँ पिच हालिएको छ ।
धवानमार्ग मर्मतको काम सुरु भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले दैनिक १० घन्टा विमानस्थल बन्द गर्दै आएको थियो। रन–वे पिच परिवर्तनको काम सुरु हुनभन्दा अगाडि विमानस्थल दैनिक बिहान ६ बजेदेखि राति ३ बजेसम्म सञ्चालन हुँदै आएको थियो।
ठेकेदार कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनले धावनमार्ग मर्मत ९० दिनमै सम्पन्न गर्यो । उक्त कम्पनीले मूल्यअभिवृद्धि करसहित रु चार अर्ब २७ करोडमा धावनमार्ग स्तरोन्नतिको जिम्मा लिएको थियो ।
सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकामा पहिलोपटक कालोपत्र परिवर्तन गरिएको हो । धवनमार्गको पिचमा खराबी देखिएपछि प्राधिकरणले सन् २०१५ मै रन–वेको पिच परिर्वतन परियोजनको थालनी गरेको थियो। तर, लामो समयसम्म रोकिएको सो काम सन् २०१९ मा आएर मात्रै सुरु भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार