धुर्मुस-सुन्तली र डोजर – नरबहादुर कार्की

रङशाला बन्ने बनाउने र आम नेपालीको हौसला आँफैमा सकारात्मक त हो नै त्यसमा पनि देश बिदेशमा रहेका नेपालीको आर्थिक सहयोग मिसिएपछी यो सार्वजनिक महत्वको र सम्बेदनाको बिषय पनि हो । प्रसन्सा, चुनौती र बिकासको यो मोडेल बारे स्वभाविक छलफल र धारणा आउने नै भये । यो हप्ता स्थानियको सन्लग्नतामा डोजर चल्यो, तार बार भात्काइयो र एस्तो हर्कत बारे तिब्र आलोचना र प्रशासनिक कार्वाही अघी बढेको छ । बिबादको बहाना के हो, आ-आफ्नै मत छन । धुर्मुसले रुदै बयान गरे यो कमिसन र ठेक्का वा अन्य फाईदाको लागि आफुलाई दवाब दिएको र बाटोको बिवाद भएको कारण बार भत्काएको हो । स्थानियले आफु सुकुम्बासी बन्ने डरले बाटो बारे धेरै पटक बार्ता गरेको तर समाधान नहुँदा आक्रोषले यो गल्ती गर्न पुगेको हो । तपाईं रुनुभो, सुन्तली जङिनुभो । म तपाईंलाई बिकासको दर्शन बारे थोरै समिक्षा गर्न अनुरोध गर्छु । यो डोजरले त्यती भौतिक नोक्सानी गरेको छैन जती सान्केतिक रुपमा बिकास मोडेललाई गरेको छ । छोटोमा भन्दा- सबै चिज सबैकालागी बराबर सम्बेदनाका हुँदैनन । डोजरले रङशाला नै किन छोयो त?
अब अली गहिराइबाट बिश्लेषण गरौ- यो भन्दा अघिल्ला नमुना परीयोजनामा किन एस्ता बिबाद आएनन? किन बिरोध थिएन? के बाटो मात्र कारण थियो त? किन कमिसन मागेनन? मलाई लाग्छ, जुन दिन स्थानिय देखी केन्द्र स्तरका राजनीतिक शक्तिको पक्षधरता र बिकासको प्रभाव र त्यसको राजनीतिक लाभ जोडीन पुग्यो- कती पयले भनेका थिए- अब यो रङशाला या त बन्दैन वा बिवादमा बन्छ वा धुर्मुस सुन्तलिको छबी बिगारने भो । ठुलो लगानी भनेको जग्गा थियो, जग्गा सरकार सँग थियो र सरकार राजनीतिक रङको हुन्छ- धुर्मुस सुन्तलिले आँफै यो रोजाइ लिनु स्वभाविक थियो । तर यो रोजाइले रङशाला भन्दा लामो र समाजसेवा भन्दा पर तन्काउथ्यो फाउण्डेसन्को काममा मिसिएको राजनीतिक रङ ।
सुन्दरलाल, चण्डी प्रशाद, गौरादेवीहरु- यि नाम भारतको गढ्वालका ७०को दशकका प्रख्यात नाम जसले ‘चिप्को आन्दोलन’ चलाए, त्यहा बाट सापट लिएको छु । बिकासका काममा स्थानियलाई बिकास बिरोधि भन्नु पर्ने दिन आउनु पहिले अभियन्ता हरुले सोच्नै पर्ने केही महत्वपूर्ण पक्ष छन, जो ‘चिप्को आन्दोलनले’ सिकायो । आफ्नो बन जङल बिनास हुने देखेपछी , पर्यावरणको क्ष्तिले मानव जीवनमा र उनिहरुको मनोभावना माथि आघात पुग्ने देखे पछी गढवाली महिला पुरुषले आफ्नो जङल बचाउ न रुखहरुमा अङालो हालेर चिप्के पछी यो आन्दोलन चिप्को आन्दोलनको रुप लियो ।
सरकारले बिकासको नाममा ठेकेदारलाई रुख काटन आदेश दिएपछी मान्छे रुख अङालो हाल्न पुगे- यो सत्याग्रहमा उनिहरुले भने “रुख काटिनु पहिले हाम्लाई काट” । यो बिरोधको मोडेलले भारत मात्र होइन धेरै देश लाई सान्केतिक शिक्षा र बिकास बारे सोच्ने तरिका फेर्न सघायो ।
त्यस कारण परीयोजनाको भौतिक पक्ष भन्दा पहिले- वातावरणिय पक्ष आकलन जरुरी भयो । रङशालाको निर्माणको काम थालनी सँग सामाजिक, वातावरणिय प्रभावको पक्ष जरुर बिष्लेषण भो होला । त्यती ठुलो परीयोजनामा जरुर यो कुरा जोडीन्छ । धारणा, बक्तब्य, प्रचारबाजी र प्रतिकृया सुन्दा मलाई शन्का लाग्यो, कतै तपाईं हरुले यो पक्ष नजर अन्दाज त गर्नु भएन? अक्सर शक्ती र सत्ताको बढी पहुचले, साना मान्छे लाई नजरन्दाज गर्ने गल्ती हुन्छन । अथवा कतै भावना र सदासयताको मौसमी सुबिधा मात्रा हेरियो कि? आफु राम्रो छु, सबैले राम्रो भनेका छन भन्ने सोच्दा, ठुला पारीयोजनाका ठुला प्रभाव भित्र- साना मान्छेका साना चासो सुनिएनकी?
बिकास जब भौतिक आर्थिक र यान्त्रिक पक्ष लाई मात्र केन्द्रमा राखेर सोचिन्छ- तब त्यसले मानबिय समस्या र प्रतिकृया सँग जुध्नु पर्छ । आज धेरै पश्चीमा देशले भोगेको जटिलता यही हो । मान्छेलाई आफु सुकुम्बासी हुन्छु कि भन्ने पिर भन्दा बढी रङशालाको माया नलाग्न सक्छ । हरेक बिकासको केन्द्रमा आफ्नो कुनैन कुनै भलाई देख्नु सामाजिक स्वभाव हो र आवश्यकअता पनि ।
जब हामी मसिन, मनि र मेटेरियल सोलुसन खोज्छ, जब हामी बिकास लाई आफ्नो आँखा बाट हेर्छौ, जब हामी अरुलाई आफ्नो बुझाईको आवश्यकता लादन खोज्छौ, मान्छे हरु बिकास इन्कार गर्छन् । किनकी आवश्यकता सापटी लिदैनन मान्छे हरु । सपनाका साझेदार बन्नु सजिलो छ, आवश्यकता अरुबाट अनुवाद गराउन गाह्रो छ । तपाईंका अघिल्ला परीयोजनाहरु आवश्यकता थिए मान्छेका I तर रङशाला रोमान्चक सपना । सपनामा साघुरो हुन कोही चाहदैनन, सबै रमाउन चाहन्छन-
समाजसेवाको आफ्नै दाँयारा छ, समाजले कसरी प्रतिकृया दिन्छ त्यसको पनि सापेक्षता छ । शायद समाजसेवा छोडेर सपना र आदर्शको राजनीतिमा पुगे पछी समाज पनि बार्ता र लेनदेनको टेबलमा आउछ ।
डोजर एउटा नकरात्मक घटनाको प्रतिबिम्ब हो, खराब प्रतिकृया हो र दण्डित हुनु पर्छ । तर देशको लागि आदर्श काम गरेर देखाउने अभियान स्वयम पनि समाज भन्दा एक कदम बढी सोच्ने हुनु पर्छ । यो घटना पछी काम स्थगित गरेको र माफि माग्नु पर्छ भन्ने सर्त राखी रहदा- फुलमाला र जयजयकार गर्ने तिनै मान्छे थिय भन्ने नबिर्सनुस् । ल ति बिकास बिरोधधि नै मानेर जेल पठाइए, त्यसो गर्दा गौतम बुद्द रङशाला करुणा र प्रेम को प्रतिक हुन्छ? मान्छेको सन्ख्याले सधैं सबै चिज अर्थपूर्ण बनाउदैन,थोरै मान्छे होलान अहिले तपाईं लाई बेठिक भन्ने, तर ति सबै प्रसन्सक भन्दा मेरो आलोचनात्मक सुझाब काम लाग्न सक्छ ।
म ब्यक्तिगत रुपमा एस्तो दान र कल्याणमुखी- बिकास मोडेल ठीक मान्दिन, किनकी मान्छेले बिकासको अधिकारको लागि सहिद बन्नु परेको थियो र त्यो बिकास आजको सरकारको कर्तब्य र जागिर हो । एक दशक पहिले मैले धेरै माग्ने काम गरेको थिए, गाउमा गयो माग्यो बुझायो हिड्यो, तर मैले चार बर्ष मागेको भन्दा बढी फरक एक रातमा भयो जब रातो कलम समात्नेले एउटा सिग्नेचर गरेर त्यो बिषयलाई नागरिक अधिकार बनाइदिये । म भगवान बन्नबाट जोगिए, मान्छे म तिर फर्किनबाट जोगिये । आँफैतिर र सत्तातिर फर्कन थाले । तर नागरिकको तर्फबाट गरिने रचनात्मक काम सर्वथा धन्य नै हुन्छ । मिहिन तरिकाले हेर्नुस्, केही कर्कट पाता कुच्चिएर केही हुन्न, फेरी बनाउन थालनुस् । राम्रो मान्छे हुनुहुन्छ, राम्रो रहनुस् । मान्छे भन्दा एक फिट माथि उठाइदिने र भगवान बनाइदिने सँग जोगिनुस् । किनकी भगवानलाई मान्छे काम गर्न दिदैनन- निष्कृय सालीक बनाइदिन्छन ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>