द्वन्द्व होइन, समाधान खोज

२०७६ जेष्ठ २७ गते, सोमबार

केपी ओली नेतृत्वको सरकारको कार्यशैलीको विरोध हुने क्रम दिनप्रतिदिन बढ्दै गएको छ । आपूmलाई दुई तिहाई बहुमतप्राप्त भएको दम्भ गर्दै राष्ट्रहित र जनहित विरुद्ध कार्य गर्न थालेपछि यस्तो स्थिति आएको हो । सरकारले संविधान प्रद्धत जनताको मौलिक अधिकार माथि धावा बोलेको छ । जसको कारण आम बुद्धिजीवी, पत्रकार, मानवअधिकारकर्मी लगायत सरकारको विरुद्ध यो वा त्यो रुपमा संघर्षमा उत्रिएका छन् । सरकारले सुशासनमा नजर अन्दाज गर्दा महंगी, भ्रष्टाचार, हत्या र हिंसाले सीमा नाघेको छ । जनताको जीवनस्तर दिनप्रतिदिन खस्कदै गएको छ । माफियाहरुको बोलवाला बढ्दै गएको छ । यी सबै तथ्यहरुलाई हेर्दा सरकारको कुनै पनि अंगहरु दुरुस्त छैनन् भन्ने प्रष्ट हुन्छ । सरकारको अंगहरु नै निकम्मा भएपछि सरकार सफल हुने कुरै भएन । जसको पुष्टि हालै सोलुखुम्बुमा घटेको एक घटनालाई लिन सकिन्छ । सोलुखुम्बुमा ८–१० जना नागरिक रात्रीकालिन समयमा चौकीको बाटो हिँड्दा प्रहरीले चौकी नै छाडेर नेपाल कम्युनिष्ट पार्टीले आक्रमण गर्न आएको समाचार सप्रेषण ग¥यो । गृह प्रशासनले पनि सत्यतथ्य नबुझेर नै हेलिकप्टर मार्पmत् त्यसतर्पm प्रहरी परिचालन ग¥यो । राज्यको चौथो अंग हौ भनेर डुक्रने, सूचना र सञ्चारको ठेका लिएको बताउने मिडियाहरुले नै सत्यतथ्य नबुझेर समाचार प्रवाह गरिरहे । यसरी हेर्दा वर्तमान अवस्थामा देशका कुनै पनि अंगहरु चुस्त दुरुस्त छैनन । सबै बेलगाम छन् । यसरी हेर्दा देशमा क्रान्तिको विकल्प नभएको प्रष्ट हुन्छ ।
तसर्थ देशलाई यस्तो दलदलबाट पार लगाउन विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले कम्मर कसेको छ । देश र जनतालाई वर्तमान दलदलबाट पार लगाउन उसले एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि सारेको छ । जसलाई प्रत्यक्ष रुपमा नेपालका सचेत नागरिक, बुद्धिजीवी, कवि, कलाकार, मानव अधिकारकर्मी, उद्योग, व्यापारीले प्रशंसा गरी एक्यवद्धता जनाएका छन् भने परोक्ष रुपमा सेना, प्रहरी र कर्मचारीले समेत समर्थन जनाईरहेका छन् । नेकपाको यही जनसमर्थनको लहर देखेर सरकारलाई औडाहा भएको छ । त्यसैले सरकार यो वा त्यो बहानामा नेकपामाथि प्रतिबन्ध लगाएर उसको नेता कार्यकर्ता माथि दमन गर्दै छ । सरकारको यही रवैयाका कारण आमजनताको सहानुभूति नेकपामाथि बढ्दै गएको छ । यसकारण सरकारले देशलाई द्वन्द्वबाट बचाउन दुई तिहाईको दम्भ छाडि नेकपाको एजेण्डामा सहमत हुनुको विकल्प छैन । देश र जनताको आवाजलाई बुलन्द पार्दै संघर्षमा उत्रिएको नेकपालाई दुई तिहाई बहुमतको बलमा दबाउछु भन्नु ‘सूर्यलाई हत्केलाले छेक्छु’ भन्ने जस्तै हो । चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु