देशैभर चिसो बढ्दै

२०७४ मंसिर १२ गते, मंगलवार

काठमाडौं, १२ मंसिर । देशैभर चिसो बढ्न थालेको छ । सोमबारको तुलनामा न्यूनतम तापक्रममा केही कमी आएको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद समिर श्रेष्ठका अनुसार सोमबार राजधानीको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस रहेकोमा मंगलबार ७ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबार राजधानीको अधिकतम तापक्रम २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
यसैबीच , ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा गएरातिदेखि हिमपात सुरु भएको छ । सोमबार परेको सामान्य वर्षासँगै हिमाली क्षेत्रमा हिमपात सुरु भएको भएको हो । हिमपातका कारण ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फले लगायतका जिल्लाको माथिल्लो क्षेत्रको जनजीवन प्रभावित बनेको छ भने प्रशिद्ध तिर्थस्थल पाथिभरामा पनि बाक्लो हिउँ परेकाले तिर्थयात्रि प्रभावित बनेका छन् । माथिल्लो क्षेत्रका बस्तीमा बाक्लो हिमपात भएसँगै चिसो निकै बढेको छ । चिसोको बढी असर वृद्धवृद्धा, बालबालिका तथा पशुपंक्षीमा परेको छ । यस्तै जिल्लाका फाकुम्बा, साँघु, याम्फुदिन, कालीखोला, इखाबु, मामाफ्रे लगायतका उच्च भेगका स्थानमा समेत चिसो बढेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु