देशैभरि हुरीबतास र चट्याङसहित पार्नी पर्ने सम्भावना

२०७६ बैशाख २८ गते, शनिबार

काठमाडौं, २८ बैशाख । मौसमविद् विभूति पोख्रेलले अबको तीन दिन देशभरि कै मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने अनुमान गरेका छन् । भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अबको तीन दिन मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् पोख्रेलले जानकारी दिए । उनका अनुसार कतैकतै ठूलो पानी पर्न सक्छ भने कतै असिना पनि पर्ने सम्भावना छ ।
अहिले सफा भएको ठाउँको मौसम पनि बदली हुने भएपछि देशभरि बढेको गर्मी केही कम हुने उनले बताए । यस्तै केही दिनयता भारतको राजस्थानबाटै आएको धुलो पनि पानी परेपछि हट्नेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु