देशैभरका एनसेल टावरमाथि तोडफोड तथा आगजनि

२०७४ फाल्गुन १ गते, मंगलवार

काठमाण्डौ , १ फागुन । नेपाल कम्युनिस्ट पार्टीले नीजि क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलमाथि कारवाही सुरु गरेको छ । एनसेलले जनतासँग पैसा उठाएर राज्यलाई तिर्नुपर्ने कर नतिरेर राज्य र जनतालाई ठगी गर्ने र ढाँटने गरेकाे भन्दै कारवाही कारबाही सुरु गरेको बुझिएको छ । नेकपाले राज्यलाई तिर्न पर्ने २२ अर्ब राजस्व बुझाउन पटक पटक गरेको आग्रह गर्दा अस्वीकार गर्दै आएको एनसेल कम्पनिका देशैभरका टावरमाथि एकैसाँथ तोडफोड तथा आगजनि भएको छ ।
नेकपाले काठमाण्डौका दक्षिणकाली , जोरपाटी र जोहर्सिंहपौवा , भक्तपुरमा एक , सुर्खेत , बाँके र कैलालीमा दुई दुइ वटा ओटा टावरमाथि आक्रमण गरेको छ । यसैगरी नेपाल कम्युनिस्ट पार्टीले ईटहरी उपमहानगरपालीका वडा नम्बर ११ खनारमा रहेको एनसेल टावरमा आक्रमण गरेर ध्वस्त पारेको छ भने जुम्लाको बोहरा गाउमा रहेको एनसेल टावरसमेत नेकपाका कार्यकर्ताले ध्वस्त पारेको समाचार प्राप्त भएको छ । त्यस्तै धनकुटा नगरपालिका वडानम्बर ११ थुम्किडाडा स्थित रहेको एनसेल टावरमा पनि आक्रमण भएको छ भने सोलुखुम्बु , धनुषा , चितवन ,नुवाकोट, धादिङ्ग , ताप्लेजुङ्गलगायत देशैभरिका एनसेल कम्पनिका टावरमाथि तोडफोड तथा आगजनि भएको समाचार प्राप्त भै रहेको छ । आक्रमणबारे बिस्तृत विवरण भने आईसकेको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु