दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग खेल्दै

काठमाडौं, २६ पुस । पाकिस्तान र युएईले संयुक्त रुपले आयोजना गरिरहेको पाँचौं एकदिवसीय दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपालले बंगलादेशसँग खेल्नेछ । आ–आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेका नेपाल र बंगलादेश आज पहिलो जितको खोजीमा छन् ।
प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा नेपाललाई पाकिस्तानले ९ विकेटले हराएको हो । पाकिस्तानको जिन्नाह स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले दिएको २५९ रनको लक्ष्य पाकिस्तानले १९ दशमलव १ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।
पाकिस्तानका लागि बदानर मुनिरले ५९ बलमा १२६ रन जोडे । प्रतियोगितामा आज बंगलादेशसँग खेलेपछि थप खेलका लागि नेपाली टोली युएईको दुबई पुग्नेछ । दुबईमा नेपालले श्रीलंका, भारत र अस्ट्रेलियासँग थप तीनवटा खेल खेल्नेछ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>