दुर्घटना न्युनिकारण गर्न गति निर्धारण

२०७६ जेष्ठ २९ गते, बुधबार

काठमाडौं, २९ जेठ । महानगरीय प्रहरी परिसर भक्तपुरले बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै दुर्घटना न्युनिकारण गर्ने उद्धश्यले सवारी गति निर्धारण गरेको जनाएको छ । अब प्रति घण्टा ५० कि.मी. भन्दा बढि गतिमा सवारी चलाइएको पाइम ती सवारीलाई कारवाही गरिने छ । यो नियमसंगै भक्तपुर जिल्लाको मनहरा पुलदेखि साँगासम्मको अरनिको राजमार्गमा प्रति घण्टा ५० कि.मि.ले मात्र सवारी चलाउन पाउने नियम लागुभएको छ । आगामी असार १ गतेदेखि सवारी ऐन अनुसार कारवाही हुने परिसरका सुचना अधिकृत प्रहरी निरिक्षक कृष्ण प्रसाद बिष्टले जानकारी दिए ।

प्रतिक्रियाहरु