दुई भारतीय पर्वतारोहीको मृत्यु

२०७६ जेष्ठ २ गते, बिहीबार

काठमाडौं, २ जेठ । विश्वको तेस्रो अग्लो हिमाल कन्चनजंघा आरोहण गर्न गएका भारत, पश्चिम बंगालका कुन्तल करार र विप्लव वैद्यको मृत्यु भएको छ । अर्का एकजना सम्पर्कविहीन भएको पर्यटन मन्त्रालयको पर्वतारोहण शाखाले जनाएको छ । ८ हजार ५८६ मिटर अग्लो कन्चनजंघाको शिखरमा बुधबार १० नेपालीसहित ३६ जना पुगेका थिए ।
चुचुरोमा पुगेर फर्कंदै गर्दा वैद्यको थकाइका कारण चौथो शिविरभन्दा माथिको क्षेत्रमा ढलेपछि मृत्यु भएको बताइएको छ । उचाइमा पुगेपछि उनीहरुलाई लेक लागेको बताइएको छ । कन्चनजंघालाई विश्वका अतिजोखिमपूर्ण हिमालमध्ये एउटा मानिन्छ । ठाडो उकालो भएकाले कन्चनजंघाको शिखरमा पुग्ने बाटो अप्ठ्यारो भएको बताइन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार