दुई कोरिया तनाव अन्त्यका लागि छलफल गर्न सहमत

काठमाडौं, २६ पुस । उत्तर कोरिया र दक्षिण कोरिया सीमा क्षेत्रको तनाव अन्त्यका लागि छलफल गर्न तयार भएका छन् । उत्तर कोरिया र दक्षिण कोरियाका सेना सीमा क्षेत्रमा रहेको तनाव अन्त्यका लागि छलफल गर्न तयार भएका हुन् । दुई कोरियाबीच पछिल्लो दुई वर्षमा पहिलो पटक भएको उच्चस्तरीय वार्तामा सीमा क्षेत्रको तनाव अन्त्यका लागि वार्ता गर्ने सहमति भएको हो ।
उच्चस्तरीय वार्तामा उत्तर कोरियाले आगामी फेब्रुअरीमा दक्षिण कोरियाको प्योङचाङमा हुने विन्टर ओलम्पिकमा आफ्ना खेलाडीसहितको टोली पठाउन सहमत भएको थियो । दुई कोरियाका अधिकारीहरुबीच दुई वर्षअघि बन्द गरिएको सैन्य हटलाई फेरि सुरु गर्ने सहमति पनि भएको दक्षिण कोरिया सरकारले जनाएको छ । तर, उत्तर कोरियाका अधिकारी भने परमाणु रहित बन्ने वा सीमा क्षेत्रलाई परमाणु हतियार मुक्त बनाउने कुरामा भने सकारात्मक देखिएको छैन । संयुक्त राष्ट्रसंघले दुई कोरियाबीच भएको छलफलको स्वागत गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>