दिव्यमध्यवर्ती वनमा जिप सफारी सुरु

२०७५ बैशाख १४ गते, शुक्रबार

काठमाडौं, १४ बैशाख । पूर्वी नलपरासीको पर्यटकीय क्षेत्र दिव्यमध्यवर्ती सामुदायिक वनमा पहिलो पटक पर्यटकका लागि जिप सफारी सुरु गरिएको छ ।
पर्यटकीय क्षेत्रको रुपमा विकास भएको दिव्यमध्यवर्तीसँगै प्रगति र नारायणी मध्यवर्ती सामुदायिक वनलाई जोड्ने गरी जिप सफारी थालिएको हो । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, सिशवार मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत पर्ने सो स्थान हाल पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको छ ।
दिब्य मध्यवर्ती सामुदायिक वनका अध्यक्ष देविलाल देवकोटाका अनुसार तराई भू-परिधितालको आर्थिक सहयोग र शिसवार मध्यवर्ती उपभोक्ता समितिको संयोजनमा उक्त बाटो निर्माण गरी जिप सफारी थालिएको होे । करीब दुई घण्टासम्मको सफारीका लागि प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस स्थानबाट दुर्लभ एक सिंगे गैडा, हरिण, मृग लगायतका जनावर देख्न सकिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार