दिल्लीमा जनस्वास्थ्य संकटकाल

काठमाडौं, २३ कात्तिक । वायुमण्डलमा बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावित भएको नयाँदिल्लीमा बिहीबार पनि समस्या यथावत रहेको छ । भारतीय सहर नयाँदिल्लीमा वायु प्रदूषणको समस्या नघटेपछि बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावित भएको नयाँदिल्लीमा बिहीबार पनि समस्या यथावत रहेको छ । उक्त प्रदुषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित मापदन्डभन्दा ७० गुणासम्म बढी रहेको पाइएको छ । उक्त मापदन्डमा सुधारका लागि विशेष पहल गर्न सबैले सरकारलाई आग्रह गरेका छन् । भारत सरकारले नयाँदिल्लीका सबै प्राथमिक विद्यालयहरु बुधबारदेखि बन्द गरेको थियो ।
नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिशोडियाले बालबालिकाको स्वास्थ्यमा चाँडै असर गर्ने भएकोले विद्यालयहरु बन्द गर्नुपरेको बताएका थिए । उनले कहिलेसम्म विद्यालय बन्द गरिरहने भन्ने बारेमा सरकारले वातावरण विज्ञहरुसँग सल्लाह गरिरहेको जानकारी पनि दिएका छन् । उनले दिल्ली सहरमा प्रत्येक घन्टामा प्रदूषणको स्थितिको बारेमा मापन र निरीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । नयाँदिल्लीस्थित अधिकारीहरुका अनुसार दिल्लीमा अवस्थित विद्यालयहरुलाई बाहिर खुला ठाउँमा कुनै पनि गतिविधिहरु सन्चालन नगर्न आग्रह गरिएको बताएका छन् ।
भारतीय मेडिकल संघ आईएमएले जनस्वास्थ्यमा आपतकालको अवस्था रहेको बताएको छ । उक्त संघले प्रदूषणले उत्पन्न गरेको वर्तमान जोखिम कमगर्न आवश्यक प्रयासका लागि आह्वान गरेको छ । दिल्ली सरकारले बुधबारमात्र नयाँदिल्लीमा जनस्वास्थ्य संकटकालको घोषणा गरेको जानकारी दिएको थियो । त्यसैकारण पनि सार्वजनिक स्थलमा हुने खुला कार्यक्रमहरु कम भएका छन् । दिल्लीमा बढ्दो तुवाँलोको अवस्था यस्तै रहेमा आगामी १९ नोभेम्बरमा आयोजना हुन लागेको म्याराथन प्रतियोगिता पनि स्थगित हुनसक्ने बताइएको छ । आईएमएले भने सो स्थगित गर्न सुझाएको छ ।
नयाँदिल्ली विश्वकै सबभन्दा प्रदूषित सहरमध्येमा पर्छ । दिल्लीलाई लगातार तेस्रो दिन बिहीबार पनि बाक्लो तुवाँलोले ढाकेको छ । वातावरण र स्वास्थ्यका अधिकारीहरु यसको समाधानका उपायहरु खोजिरहेका छन् । तर, तुवाँलो समस्या समाधानका लागि भएका प्रयासहरु प्रभावकारी हुन सकेका छैनन् । अधिकारीहरुले धैर्य गर्न सर्वसाधारणलाई अपिल गरिरहेका छन् ।राजधानी नयाँदिल्लीमा प्राय जाडो महिना सुरु भएपछि यसैगरी बाक्लो तुवाँलो आउने गर्दछ । केही बर्षयतादेखि नयाँ दिल्लीको वायु प्रदुषणको मात्रा बढ्दै जान थालेकोले यस्तो समस्या देखिएको बताइएको छ । नयाँदिल्लीको औद्योगिकरण, फोहोर र सवारीसाधनको चापलाई वायु प्रदुषणको प्रमुख कारणका रुपमा लिने गरिएको छ । स्वास्थ्यका अधिकारीहरुले अरु एक दुई दिनमात्र पनि यसैगरी तुवाँलो नहट्ने हो भने यसले नागरिकको स्वास्थ्यमा समस्या देखिन सक्ने अवस्था रहेको बताएका छन् । (रासस/सिन्ह्वा)

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>