दलित मुक्ति मोर्चा कपिलवस्तुको जिल्ला सम्मेलन सम्पन्न

२०७६ फाल्गुन ८ गते, बिहीबार

काठमाडौं, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल कपिलवस्तु जिल्लाको ७औं जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । मंगलबार दलित मुक्ति मोर्चा नेपाल कपिलवस्तु जिल्लाको अध्यक्षको अध्यक्षतामा सम्पन्न भयो । जिल्ला सम्मेलनमा दलित मुक्ति मोर्चा नेपालको लुम्बिनी ब्युरो इन्चार्ज जितबहादुर रसाईली प्रमुख अतिथि, विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्ला समितिका सेक्रेटरी सेरमान थारु र अतिथिमा दलित मुक्ति मोर्चा कपिलवस्तुका सस्थापक अध्यक्ष जमलाल बिक, जिल्लाका पुर्व अध्यक्ष तथा संगठनका केन्द्रीय सल्लाहकार यमबहादुर बिक अतिथि, बुद्धभुमी नगरकमिटी सेक्रेटरी संघर्ष, युवा संगठन नेपालका जिल्ला अध्यक्ष बादल, शिवगढी गाउँकमिटी सेक्रेटरी पावेलकोसमेत उपस्थिति रहेको थियो ।
प्रमुख अतिथिले दलितहरुमाथि भएको दमनकाविरुद्ध सबैले एकजुट भएर लड्नुपर्ने र एकीकृत जनक्रान्तिमार्फत मात्रै त्यसको समस्याको हल हुने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि नेकपा कपिलवस्तु जिल्ला सेक्रेटरी सेरमानले भने अवको नामबाट हुने अन्धविश्वासमा विभेद भएको जतिपनि विभेदको नाममा दलितहरुमाथि दलित खडा गरेर समाजमा दलितमाथि असमानता खडा गरेर धार्मिक अन्धविश्वासलाई नत्यागीकन कुनै पनि हिसावले शोषणको अन्त्य नहुने र वैज्ञानिक समाजवादी विचारबाट मात्रै हल हुने विश्वास व्यक्त गरे।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार