तालु खुइलिने समस्याको समाधान गर्ने घरेलु उपाय

२०७४ चैत्र २७ गते, मंगलवार

काठमाण्डौ , २७ चैत । तालु खुइलिने अर्थात् तालुको रौँ झर्ने समस्या युवाहरूमा पनि देखिन थाएको छ । उमेरको परिपक्वताको चिन्ह मानिने, तालुको रौँ झर्नु आजभोलि जोकोहीमा देखिन सक्ने समस्या बनेको छ । डिहाइड्रेसन हर्मोनको सन्तुलन विग्रनाले तालुको रौँ झर्ने गर्दछ । साथै खानपान तथा तनावको कारणले पनि अगाडिको रौ झर्ने हुन्छ । यस्तो समस्याको समाधानका लागी केही घरेलु उपचार पनि छ । यदि घरेलु उपचार विधिले काम गरेन भने हेयर एक्सपर्टको सल्लाह लिनुपर्दछ । जान्नुहोस्, कपाल झर्न नदिने १० घरेलु यस्ता छन् ।
नरिवलको दूध र अमला ः नियमित रूपमा १ चम्चा काचो नरिवलको दूध, १ चम्चा अमलाको रस र कागती मिसाएर ५ मिनेट जति तालुमा मसाज गर्नुस् । मसाज गरेको २० मिनेट पछि कपाल धुनुस् । यसले रौँलाई पोषण दिन्छ र कपाल झर्नबाट रोक्दछ ।
मेथि र नरिवलको तेल ः २ चम्चा नरिवलको तेलमा १ चम्मा मेथीको लेदो मिसाएर हल्का आगोमा तताउनुस् । सेलाएपछि कपालको जरामा १० मिनेट, मसाज गरेर २० मिनेट पछि धुनाले कपाल झर्ने कम हुन्छ । यो विधि हप्तामा २– ३ पटकसम्म गर्नुपर्दछ ।
मेहेन्दीको पात ः ८ र१० वटा मेहेन्दीको पातलाई ३ चम्मा तोरिको तेलमा उमालेर कपालमा कपालमा लगाउनुस् । यसले रौ झर्न दिदैन र रौ उमार्नमा मद्दत गर्दछ । यो विधि हप्तामा २–३ पटकसम्म गर्नुस् ।
दही र बेसन ः २ देखि ४ चम्चा दहीमा बेसनको पाउडर मिसाएर कपालमा लगाउनुस् । ३० मिनेट पछि कपाल धुनुस् । दिनमा २ पटक यसो गर्नाले रौँ झर्न चाँडै कम हुन्छ ।
मह र ओलीभ तेल ः २ चम्चा महमा ३ चम्चा जैतुनको तेल मिसाएर लगाई ३० पछि कपाल धुनुस् । हप्तामा २– ३ पटक यो विधि अपनाउनुनाले कपाल झर्न कम हँुदै जान्छ । प्याजको रस र मह – एक एक चम्चा मह र प्याजको रस मिसाएर नियमित तालुको मसाज गर्नाले कपाल झर्ने समस्याबाट बच्न सकिन्छ ।
अण्डा र ओलीभ तेल ः हप्तामा २–३ पटक अण्डा र ओलिभ तेल लगाउनाले कपाल झर्न रोक्छ । एउटा अण्डामा २– ३ चमच ओलीभ तेल मिसाएर ३० मिनेट जति कपालमा लगाउनुस् । त्यसपछि स्याम्पुले कपाल धुनुस् । अण्डा र कागती –अण्डामा कागती मिसाएर लगाउनाले पनि कपाल झर्नबाट रोकी नयाँ कपाल उमार्नमा सहयोग गर्दछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु