ताजमहलमा क्षति

२०७४ चैत्र २९ गते, बिहीबार

काठमाडौं, २९ चैत । भारतको उत्तर प्रदेशमा बुधबार साँझ आएको हावाहुरीले ठूलो जनधनको क्षति भएको छ । अधिकारीहरुका अनुसार हावाहुरीका कारण विभिन्न क्षेत्रमा गरी १५ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । समाचार एजेन्सीहरुका अनुसार हावाहुरीले आगरास्थित ताजमहलमा समेत क्षति पुगेको छ । ताजमहलको एउटा मिनार ढलेर क्षति भएको बताइएको छ ।
ताजमहल कै अन्य केही भौतिक संरचनामा समेत क्षति पुगेको बताइएको छ । तर त्यहाँ कुनै मानवीय क्षति भने नभएको अधिकारीहरुको भनाइ छ । १३० किलोमिटर प्रतिघण्टाको रफ्तारमा चलेको हुरीले कयौं स्थानमा रुख ढालेको छ । करिब आधा घण्टासम्म भारी वर्षाका साथ चलेको हुरीले भएको क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको अधिकारीहरुले जनाएका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु