‘तथ्यगत प्रमाण बिना अभद्र ब्यबहार मुद्दा नलगाउ ‘

२०७६ मंसिर १९ गते, बिहीबार


काठमाडौं १९ मंसिर । सर्बोच्च अदालतले अभियुक्तले कुन शब्द प्रयोग गरी के कस्तो अभद्र ब्यबहार गरेको हो भन्ने बारेमा बस्तुगत प्रमाण र कुनै आधार नखुलाईएको अवस्थामा अभद्र ब्यबहार भएको भन्न नसकिने आदेश दिएको छ। सर्बोच्चको यो आदेश संगै अब प्रहरीले गिरफ्तार गरेका व्यक्तिलाई बिना आधार अभद्र ब्यबहार मुद्दा लगाउन नसक्ने भएको छ। गिरफ्तार गरी अभद्र ब्यबहार मुद्दा लगाइएका अभियुक्तको साथबाट हातहतियार तथा बिष्फोटक पदार्थ बरामद नभएको र बिध्वम्सात्मक गतिबिधि गरेको कुनै प्रमाण पेश नभएको अवस्थामा अभद्र ब्यबहार मुद्दा नलाग्ने नजिर प्रतिपादन भएको छ। त्यसको साथमा गिरफ्तार अभियुक्तले कुन शब्द प्रयोग गरी के कस्तो अभद्र ब्यबहार गरेको हो भन्ने बारेमा बस्तुगत प्रमाण र कुनै आधार नखुलाईए पनि अभद्र ब्यबहार मुद्दा ठहर नहुने भएको छ।
नेपाल कम्युनिस्ट पार्टी म्याग्दी जिल्ला इन्चार्ज विकिरण क्षेत्री भन्ने कमान्किरण नकाल र जिल्ला सेक्रेटरी बाबुलाल शाक्यको तर्फबाट रोजा शाक्यले दायर गरेको बन्दी प्रत्यक्षीकरण मुद्दामा आज सर्बोच्च अदालतका माननीय न्यायाधिश्द्वय पुरुषोत्तम भण्डारी र हरिप्रसाद फुयाँलको संयुक्त इजलाशले नेता द्वयलाई “कुनै राजनीतिक समुहसंग आबध्ह भएको आधारमा बदनियत राखी प्रवृत्त भावना राखेर पक्राउ गरेको कार्य अनुचित देखिएको” भन्दै तत्काल थुनामुक्त गर्न आदेश थियो।
गएको साउन ६ गते म्याग्दीबाट गिरफ्तार गरिएका ने.क.पा.का तात्कालीन म्याग्दी जिल्ला इन्चार्ज विकिरण क्षेत्री र जिल्ला सेक्रेटरी बाबुलाल शाक्यलाई प्रहरीले कहिले अभद्र ब्यबहार त कहिले राज्य बिरुद्धको मुद्दा लगाउदै म्याग्दी, बागलुङ्ग, स्याङ्गजा हुँदै गोर्खा पुर्याएको थियो। पछिल्लो पटक मङ्सिर २ गते गोर्खा जिल्ला पुर्याइएका नेता द्वय क्षेत्री र शाक्यको साथबाट हातहतियार तथा बिष्फोटक पदार्थ बरामद नभएको र बिध्वम्सात्मक गतिबिधि गरेको कुनै प्रमाण पेश नभएको अवस्थामा अभद्र ब्यबहार मुद्दा लाग्न नसक्ने सर्बोच्च अदालतले ठहर गरेको छ। त्यति मात्र हैन, उनीहरुको सोही मुद्दामा सर्बोच्च अदालतले गिरफ्तार अभियुक्तले कुन शब्द प्रयोग गरी के कस्तो अभद्र ब्यबहार गरेको हो भन्ने बारेमा बस्तुगत प्रमाण र कुनै आधार नखुलाईएको अवस्थामा अभद्र ब्यबहार भएको भन्न नसकिने निर्क्योल गरेको छ।
वस्तुगत प्रमाण बेगर निरन्तर रुपमा थुनामा राख्ने उद्देश्यसहित बिचार र आस्थाकै आधारमा फेरी पनि उनीहरुलाई गिरफ्तार नगर्न निर्देशन दिंदै सर्बोच्च अदालतले यदि अदालतको आदेश कार्यान्बयन नभएमा र निज निबेदकहरुलाई अदालतको परिसर भित्रबाटै पक्राउ गरेमा वा बदनियत र प्रबृत भावनाले अदालतको आदेशले छुट्ने बित्तिकै पक्राउ गरिएमा अदालतको अवहेलना हुने तथ्यलाई स्मरण गराएको छ। यस्तो तथ्यलाई लत्याएर फेरी पक्राउ गरिएमा नेपालको संबिधानको धारा १२८ को उपधारा ४ मा उल्लेखित प्राबधान आकर्षित हुने कुरा उल्लेख गरिएको छ। त्यस उपधारामा नेपालको संबिधानको धारा १२८ को उपधारा ४ मा मुद्दा मामिलाको रोहमा सर्बोच्च अदालतले गरेको संबिधान र कानूनको व्याख्या वा प्रतिपादन गरेको सिद्धान्त सबैले पालना गर्नुपर्नेछ। सर्बोच्च अदालतले आफ्नो वा मातहतको अदालतको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा कानून वमोजिम अवहेलनामा कारवाही चलाई गर्न सक्नेछ। ” भनिएको छ।
सर्बोच्च अदालतको चेताबनीपुर्ना कडा आदेशपछि नेपाल कम्युनिस्ट पार्टी म्याग्दी जिल्ला इन्चार्ज विकिरण क्षेत्री भन्ने कमान्किरण नकाल र जिल्ला सेक्रेटरी बाबुलाल शाक्य हिरासतमुक्त भएका छन्। उनीहरुको तर्फबाट बरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कपिल्चान्द्र पोख्रेल, दयाराम पोख्रेल र कान्तिराम ढुंगानाले बहस गरेका थिए भने जिल्ला प्रहरी कार्यालय गोर्खाको तर्फबाट उप्न्यायाधिबक्ता टेकराज भुसालले बहस गरेका थिए।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु