तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

२०७६ असार २२ गते, आईतवार

काठमाडौं, २२ असार । पूर्वानुमान महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कताका साथ निर्माणको काम गर्न र बालीनाली भए २८ गतेभित्रै थन्काउन अनुरोध गरेको छ । नदी र खोलामा जलस्तर बढदो क्रममा रहेको र एक सातापछि बहाव उच्च हुने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको हो । महाशाखाका अनुसार भोलिसम्म प्रमुख र मझौला नदीमा बाढीको जोखिम न्यून छ । डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा आज बिहानदेखि बहाव उच्च हुने अनुमान छ । केही नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहनसमेत पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रियाहरु