ढल्यो सतिसाल – बलराम तिमल्सिना

२०७५ बैशाख २८ गते, शुक्रबार

ढल्यो सतिसाल नि वरै गल्यो सतिसाल !
हाँसी हाँसी हस्तिनापुर चल्यो सतिसाल !
ढल्यो सतिसाल……..!

पोहोरसम्म मयुर थियो काग भयो आज !
दुनियाँमा मुख देखाउँन हुन थाल्यो लाज !
रातो सूर्जे अलप भयो वादलुले छोप्यो वरै !
विचराले ढलभित्र ग्वाम्मै मुन्टो चोप्यो वरै !
ढल्यो सतिसाल………!

देखाइदिन्छु भन्थ्यो पोहोर हेर्ने थियो धोको !
असतीले देखाइदियो लाज हुने पोको !
आँखा चिम्लनु कि हेर्नु कस्तो लाजमर्नु वरै !
आफ्नै मान्छे गाँडु भयो के कसो पो गर्नु वरै !
ढल्यो सतिसाल…………!

लम्पसारवादी भन्थ्यो अरुलाई पोहोरतिर !
महालम्पसार परी आफै गयो फोहोरतिर !
खुइलिएर खलपत्रे भयो जाली रङ्ग वरै !
थुक्क पाजी के गरिछस भन्छु आफैसँग वरै !
ढल्यो सतिसाल…..!

प्रतिक्रियाहरु