डा. केसीद्वारा चिकित्सा विद्येयकलाई तोडमोड नगरी कार्यान्वयन गर्न माग

२०७५ श्रावण २२ गते, मंगलवार

काठमाडौँ, २२ साउन । डा.गोविन्द केसीले राष्ट्रिय चिकित्सा विद्येयकलाई कुनै तोडमोड नगरी कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गरी आन्दोलन गर्दै आएका डा. केसीले आज राजाधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत डा.केसीले सो माग गरेका हुन् । डा. केसीले सरकारले उक्त विद्येयक कार्यान्वयनका क्रममा कुनै छलछाम र तोडमोड गरिएमा आफुहरुले कडाभन्दा कडा विरोधका कार्यक्रम ल्याउन वाध्य हुने चेतावनी समेत उनले दिएका छन् । उनले कुनै बुँदा तोडमोड नगरी चिकित्सा शिक्षा ऐन जारी गर्न समेत आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा डा.केसी आफू अनशन बस्दा जुम्ला र देशका धेरै नागरिक उपचार पाउन बाट बन्चित हुनुपरेको भन्दै रोएका थिए । सरकारले गर्नुपर्ने काम केसिले गरेको र कार्यान्वयन गर्ने जिम्मा अब सरकारको भएको कारण सम्झौता कार्यनयन गर्न समेत उनले आग्रह गरे । सरकारले माग सम्बोधन गरेर आफुलाई नियमित काममा पठाउने बिश्वास समेत उनले ब्यक्त गरे । उनले आफुले बसेका अनसनबाट केही पार्टीले फाईदा उठाए पनि आफू राजनीति दलको आग्रहमा अनशन नबसेको दाबी गरे ।
पत्रकार सम्मेलनमा डा.केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘सत्याग्रह टुंग्याउने क्रममा सत्तारुढ दलका जिम्मेवार नेताहरु आएर सहमतिलाई अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको पृष्ठभूमिमा तिनै संशोधनसहित तथा थप तोडमोड नगरी चिकिस्त्सा शिक्षा ऐन शीघ्र जारी हुने विश्वास लिएका छौं । यदि त्यसमा छलछाम भएको खण्डमा कडाभन्दा कडा विरोधका कार्यक्रम ल्याउन हामी बाध्य हुनेछौं तर सरकारले त्यो अवस्था आउन दिने छैन र अब कुनै बहाना वा ढिलाई नगरी शीघ्र संसदबाट सो ऐन जारी हुनेछ भन्नेमा हामी विश्वस्त छौ ।’

प्रतिक्रियाहरु