‘डा. केसीको स्वास्थ्य तलमाथि भए सरकार जिम्मेवार हुदैन ‘

काठमाडौं, २९ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले अनशनकै क्रममा डा. गोविन्द केसीको स्वास्थ्य तलमाथि भए सरकार जिम्मेवार नहुने ठोकुवा गरेका छन । उनले डा. गोविन्द केसीको अनशन तोड्न सरकारले बल प्रयोग पनि गर्न सक्ने चेतावनी समेत दिएका छन् । शिक्षा विभाग र पत्रकार महासंघले आज काठमाडौंमा गरेको शिक्षा पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री पोखरेलले डा. केसीको अनशन तोड्न सरकारले बल प्रयोग गर्न सक्ने चेतावनी दिएका हुन् ।
मन्त्री पोखरेलले केसीको माग जायज भए पनि माग पुरा गराउने शैली भने ठिक नभएको टिप्पणी गरे । केसीको अनशनका कारण सम्पूर्ण स्वास्थ्य क्षेत्र प्रभावित भएको भन्दै उनले शान्तिपूर्ण वार्ता, विधि र प्रकृयामार्फत समाधान खोज्न आग्रह गरे । केसीले जतिसक्दो छिटो आफुलाई सच्याउनु पर्ने उनको भनाइ थियो ।
कार्यक्रममा यस वर्षको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार बुटवल टुडेका सम्पादक कृष्ण मल्ललाई प्रदान गरिएको छ । यसैगरी संस्थागत शिक्षा पत्रकारिता पुरस्कारबाट टेलिभिजनतर्फ इमेज च्यानललाई, पत्रिकातर्फ नागरिक दैनिक र अनलाइनतर्फ अनलाइन एजुकेशन न्यूज नेपाल डट कमलाई प्रदान गरियो । पुरस्कारको राशी रु २५ हजार रुपैयाँ छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>