प्रचण्डका घरबेटी( ठेकेदार अधिकारी)को तस्वीर सवारीसाधनदेखि रुख र पोलमा टागेर बिरोध

काठमाडौँ, २७ कात्तिक । नगरकोट सूर्यविनायकका स्थानीय युवा र पर्यटन ब्यबशायीले ठेक्का लिएको लामो समयसम्म पनि सडक कालोपत्रे नभए पछि धुला र धुलो खानु परेकोले शारदा अधिकारीको तस्वीरलाई सडकमा गुड्ने बस, निजी सवारी साधन, चोक, रुख सबैतिर टासेर विरोध गरीरहेका छन् । शारदा अधिकारी शैलुगं कन्सट्रक्सन नामक निर्माण कम्पनी मार्फत ठेक्का पट्टा चलाउछन् । आफुले लिएका ठेक्काको काम समयमा नसक्ने गरे पछि उनलाई कालोसूचीमा दवाव परेको तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दवाबका कारण रोकिएको समाचार आइ सकेको छ । अहिले प्रचण्ड लाजिम्पाटबाट रहेको भव्य घरबाट सरेर तिनै अधिकारीको घरमा खुमलटारमा बस्दै आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>