ट्वीटरद्वारा ३३ करोड प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न सुझाव

२०७५ बैशाख २१ गते, शुक्रबार

काठमाडौं, २१ बैशाख । फेसबुकबाट डाटा चोरी भएको घटना सार्वजनिक भएपछि अन्य सामाजिक संजाल तथा माइक्रो ब्लगिङ्ग साइटहरुले सतर्कता अपनाउन थालेका छन् । डाटा चोरी कै सम्भावनालाई मध्यनजर गर्दै माइक्रो ब्लगिङ्ग साइट ट्वीटरले आफ्ना ३३ करोड प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न सुझाव दिएको छ । सो कम्पनीले आफ्नो आधिकारिक ह्यान्डलबाट ट्वीट गर्दै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको हो ।
हालै विद्यमान पासवर्डमा ‘बग’को समस्या देखिएको र त्यो समाधान भइसकेको जानकारी दिदैं उसले एकपटक पासवर्ड परिवर्तन गर्न प्रयोगकर्तालाई सुझाव दिएको हो । प्रयोगकर्ताको डाटा सुरक्षित होस् भन्ने उद्देश्यले यस्तो सुझाव दिइएको पनि ट्वीटरले प्रष्ट पारेको छ । – एजेन्सी

प्रतिक्रियाहरु