ट्वीटरका कार्यकारी प्रमुख ज्याक डोर्सीको ट्वीटर एकाउन्ट ह्याक

काठमाडाैँ, १४ भदाै । ह्याकरले ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीकै एकाउन्ट ह्याक गरेको खुलासा भएको छ । चक्लिङ्ग स्क्वाडका रुपमा आफूलाई परिचित गराएको ह्याकरको समूहले डोर्सीको एकाउन्ट ह्याक गरेको बिबिसीले जनाएको छ । ४० लाख भन्दा बढी फलोअर्स रहेको डोर्सीको एकाउन्टबाट ह्याकरले निकै आपत्तिजनक तथा रंगभेदी ट्वीट गरेका थिए ।
ती ट्वीट १५ मिनेटसम्म रहेका थिए । ट्वीटरले पछि उक्त एकाउन्टमा आफ्नो नियन्त्रण कायम भएको र ह्याकरबाट छुटाउन सफल भएको जनाएको छ । ह्याकरले कसरी डोर्सीको एकाउन्टसम्म पहुँच बनाए भन्ने अहिलेसम्म खुलेको छैन ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>