ट्रेकिङमा सिण्डिकेट , ८ जना पर्यटकको निधन

२०७५ असार २२ गते, शुक्रबार

काठमाडौँ, २२ असार । ट्रेकिङ क्षेत्रको सिण्डिकेटका कारण कैलाश मानसरोबर गएका ८ भारतीय तिर्थयात्रीको निधन भएको छ । आवश्यक खाना र अक्सीजनको व्यवस्था नहुँदा उनीहरुको ज्यान गएको पुष्टि भएको छ । पैसा मनग्गे लिने तर राम्रो व्यस्थापन नगर्ने ट्रेकिङ एजेन्सीका कारण उनीहरुको ज्यान गएको हो । भारतीय तिर्थयात्रीहरुले खाना र अक्सीजन नपाउँदा ज्यान गुमाउन परेको छ । अन्य क्षेत्रमा जस्तै ट्रेकिङमा पनि केही व्यक्तिहरुको सिण्डिकेट छ । उनीहरुले जस्तो व्यवस्था गरेपनि जान बाध्य छन् । अाफूले चाहेको व्यक्तिसँग जान पाइदैन, किनकी अन्य व्यवसायीलाई निषेध गरिएको छ ।
ट्रेकिङ क्षेत्रमा विशेष गरी चार जनाले सिण्डिकेट लगाएका छन् । ट्रेकिङमा सम्राट टुरका सि एन पाण्डे,रिचा टुरका साङे लामा,समि ट्रेकिङका तेन्जीङ लामा, र कैलाश ट्रेकका प्रकाश श्रेष्ठको सिण्डेकेट छन् । सिण्डिकेटकै कारण जस्तो व्यस्था गरेपनि पर्यटक जान बाध्य छन् । विगतमा ४ जना बाराबर एक जना सहयोगी शेर्पा पठाउने गरेपनि अहिले भने १० जना बाराबार एक सहयोगी पठाइन्छ । त्यो पनि प्राप्य मात्रामा खाना र अक्सीजन छैन । बीचबीचमा ट्रेकिङका सिण्डिकेटधारीले नै होटलको नाममा पाल टाँगेका छन् । त्यहाँ कोचाकोच गरेर बस्दा पर्यटक बिरामी पर्ने र अक्सीजन नहुँदा ज्यान जाने जोखिम बढेको हो ।
समुद्री सतह देखि ५ हजार ९ सय पचास मिटरको उचाइमा रहेको मानसरोबर जाने भारतीय पर्यटकको लागि विगतमा जस्तो व्यवस्थापन नहुँदा उनीहरुको निधन भएको पर्यटक व्यवसायीहरु नै बताउँछन् । भारतीय पर्यटकलाई धेरै लेक लाग्ने थाहा पाउँदापाउँदै पनि अावश्यक व्यवस्थापन नहुँदा उनीहरुको ज्यान गएको व्यवसायीहरु नै बताउँछन् ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभलका अध्यक्ष एवं सम्राट ट्रेकका प्रमुख सिएन पाण्डेले हाइअल्टिच्युडकै कारण उनीहरुको ज्यान गएको दाबी गरे । तत्कालको मात्रै घटना नभइ सिजन भरीकै समस्या भएको बताउँदै उनले १० हजार तिर्थ यात्रीमा ८ जनाको मात्रै ज्यान जानु सामान्य भएको बताए ।
समि ट्रेकिङका सञ्चालक तेन्जीङ लामाले खानाको ब्यवस्थापनमा समस्या भएको स्वीकार्दै आठ जनाको ज्यान जानुमा खाने कुराको ब्यबस्थापन पनि मुख्य कारण भएको उनको भनाई छ ।

प्रतिक्रियाहरु