ट्रम्प बेलायत जाँदै

२०७६ जेष्ठ २० गते, सोमबार

काठमाडौं, २० जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिने राजकीय भ्रमणका लागि बेलायत जाँदै छन् । स्थानीय समयअनुसार उनी आज विहान ९ बजे बेलायत पुग्नेछन् । राष्ट्रपति ट्रम्पका साथमा प्रथम महिला मिलानिया पनि भ्रमण दलमा सहभागी छन् । बेलायती महारानी एलिजाबेथले राष्ट्रपति ट्रम्पको सम्मानमा बकिङ्घम दरबारमा रात्रीभोजको आयोजना गर्ने कार्यक्रम छ । उनले आजै वेस्टमिनिस्टर आबेको भ्रमण गर्नुका साथै राजकुमार चाल्र्ससँग पनि भेट्नेछन् । बेलायत भ्रमणमा आउनुअघि द सनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफूले टोरी नेता बोरिस जोहन्सनलाई बेलायतको भावी प्रधानमन्त्रीको रुपमा समर्थन गर्ने बताएका छन् ।
यस्तै उनले द टाइम्ससँग भनेजस्तो नभए बेलायत युरोपियन युनियनबाट तत्काल बाहिरिनु पर्ने बताएका छन् । यता राष्ट्रपति ट्रम्पको भ्रमणको विरोधमा बेलायतका विभिन्न स्थानमा प्रदर्शनको तयारी गरिएको छ । लण्डन, म्यानचेस्टर, बेल्फास्ट, लगाएतका स्थानमा प्रदर्शनकारीले र्‍यालीको तयारी गरेको बिबिसीले उल्लेख गरेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु