ट्रम्पविरूद्ध पुन: अर्काे उजुरी

२०७६ आश्विन २१ गते, मंगलवार

काठमाडौं, २१ असोज । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गरेको विवादास्पद फोन संवादका अर्का एकजना जानकारले पनि उजुरी गरेका छन् । उजुरीकर्ताका वकिलका अनुसार यी दोस्रा उजुरीकर्तासँग उक्त फोनवार्ताको प्रत्यक्ष जानकारी रहेको छ र उनले जासुसी निकायको अनुगमन गर्ने उच्च अधिकारीसँग पनि कुरा गरिसकेका छन् । ती वकिले पहिलो उजुरीकर्ताका पनि वकिल हुन् ।
मार्क जेइडले एबीसी समाचारसंस्थासँग कुरा गर्दै दोस्रा उजुरीकर्ता पनि खुफिया अधिकारी भएको बताएका छन् । ह्वाइट हाउसले यसबारे कुनै प्रत्यक्ष टिप्पणी गरेको छैन । हिलो उजुरीलाई राष्ट्रपति ट्रम्पले बारम्बार अस्वीकार गर्दै आएका थिए । दोस्रो उजुरीकर्ताले राष्ट्रपति ट्रम्प र उनको पार्टी रिपब्लिकनको अवस्था झन् जटिल बनाइदिन्छ किनभने उनीहरूले पहिलो उजुरीकर्ता राजनीतिक पूर्वाग्रह ग्रसित भनेर लाञ्छना लगाएका थिए ।
यसैबीच विपक्षी डेमोक्र्याटहरूले ह्वाइट हाउस तथा विदेशमन्त्री माइक पोम्पेओसँग थप दस्तावेज माग गरेका छन् । उनीहरूले ट्रम्पविरुद्ध महाभियोगको छानबिन अघि बढाइरहेका छन् । -एजेन्सी ।

प्रतिक्रियाहरु