ट्रम्पविरूद्धको महाभियोग प्रक्रिया माथिल्लो सदनमा

२०७६ माघ २ गते, बिहीबार

काठमाडौं, २ माघ । अमेरिकी राष्ट्पति डोनाल्ड ट्रम्पविरूद्धको महाभियोग प्रक्रिया अब माथिल्लो सदन सिनेटमा सुरु हुने भएको छ । त्यहाँका तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले ट्रम्प विरुद्धका महाभियोगसम्बन्धी आरोपपत्रहरू माथिल्लो सदन सिनेटमा पठाउने एउटा प्रस्ताव पारित गरेसँगै उनले अब माथिल्लो सदनमा सो आरोपको सामना गर्नुपर्नेछ । राष्ट्रपतिविरुद्ध महाभियोगसम्बन्धी अबको प्रक्रिया सिनेटले शुरू गर्ने बताइएको छ । बिबिसीका अनुसार राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी आरोपपत्रहरू सिनेटमा पठाउने प्रस्तावको पक्षमा २२८ र विपक्षमा १९३ मत खसेको थियो ।
हाउस अफ रेप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले आरोपपत्रहरूमा हस्ताक्षर गरेकी थिइन् । त्यहाँको तल्लो तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्समा विपक्षी पार्टी डेमोक्र्याटहरूको नियन्त्रण रहेको छ र गत महिना ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव सजिलै पारित गरेको थियो । तर माथिल्लो सदन सिनेटमा भने ट्रम्पकै सत्तारूढ रिपब्लिकन पार्टीको नियन्त्रण रहेको छ । त्यसैले सो सदनले ट्रम्पविरुद्धको महाभियोग पारित गर्ने वा नगर्ने र राष्ट्रपतिलाई पदबाट हटाउने वा नहटाउनेबारे निर्णय गर्ने हुनाले सा प्रस्ताव पारित नहुने समभावना बढी देखन्छि । -एजेन्सी

प्रतिक्रियाहरु