ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु

काठमाडाैँ, ८ असाेज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु भएको छ । डेमोक्रेट्स सांसदहरुले राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु गरेका हुन् । राष्ट्रपति ट्रम्पविरुद्ध युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेस्कीसँग एक जना नेतामाथि लागेको भ्रष्टाचारको मुद्धाको छानविन गर्न दवाव दिएको आरोप लगाएका छन् । तर उनीहरुको आरोपको राष्ट्रपति ट्रम्पले खण्डन गरेका छन् ।
राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीका बारेमा युक्रेनका राष्ट्रपतिसँग छलफल भएपनि कुनै दवाव नदिएको ह्वाइट हाउसले जनाएको छ । ट्रम्पमाथि अमेरिकी संविधानको उल्लंघन गरेको आरोप लगाइएको छ । राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाएर पदच्यूत गर्न रिपब्लिकन सांसदहरुको मत पनि आवश्वक पर्छ । अमेरिकामा अहिलेसम्म कुनै पनि राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाइएको छैन । राष्ट्रपति ट्रम्पले भने महाअभियोग प्रक्रियामा जानुलाई राजनीतिक रुपमा सकारात्मक भएको प्रतिक्रिया दिएको बिबिसीले उल्लेख गरेको छ ।-एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>