ट्रम्पद्वारा अमेरिकामा रहेका प्रवासीलाई ‘जनावर’ को संज्ञा

२०७५ जेष्ठ ४ गते, शुक्रबार

काठमाडौं, ४ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बस्दै आएका केही प्रवासीलाई ‘जनावर’ को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा उनले अमेरिकाको प्रवासी कानुन काम नलाग्ने भन्दै आलोचनासमेत गरेका छन् । कानुनको कमजोरीका कारण अमेरिकामा अनावश्यक प्रवासीहरु बढेको उनको भनाइ थियो ।
ट्रम्पले योग्यताका आधारमा मात्र मानिसहरुलाई अमेरिकामा शरण दिनुपर्ने तर्कसमेत गरे । मेक्सिको र क्यालिफोर्नियाका अधिकारीहरुको आलोचना गर्दै उनले अमेरिकाको प्रवासी सम्बन्धी कानुनलाई मजबुत बनाउने दावी गरे । क्यालिफोर्नियाको कानुनले लागू औषध कारोबारी, विभिन्न गिरोहका सदस्य, हिंस्रक लुटेरालाई समेत आश्रय दिने गरेको उनको भनाइ थियो । अमेरिकामा आउन चाहने धेरै मानिसलाई आफूहरुले रोक्ने गरेको बताउँदै ट्रम्पले भने, ‘तपाई विश्वास गर्नुहुन्न कि उनीहरु कति खराब छन्, उनीहरु यति खराब छन् कि ती मानिस होइनन्, जनावर हुन् ।’ -एजेन्सी

प्रतिक्रियाहरु