ट्रक दुर्घटनाः १३ जनाको मृत्यु

काठमाडौं, २७ जेठ । फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिका सहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
विवाहपूर्वको एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन गइरहेका बेला भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । दुर्घटनामा परेको ट्रकमा ५३ जना सवार थिए । पहाडी बाटोमा नियन्त्रण गुमाएर सो दुर्घटना भएको हो । कामारिन्स सुर प्रान्तमा शनिबार भएको उक्त दुर्घटनामा अरु दर्जनौं घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका बालबालिका ४ र ५ बर्षका रहेका छन् । दुर्घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । फिलिपिन्समा यस्ता दुर्घटना बेला बेलामा भइरहने गरेका छन। -एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>