टर्कीमा पुर्‍याइ अलपत्र पार्ने समातिए

२०७४ पुष २७ गते, बिहीबार

काठमाडौं, २७ पुस । युरोपेली मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्याङ्जा घर भइ हाल कास्कीको पोखरा, पृथ्वीचोक बस्ने चिन्ताराम गिरी, स्याङ्जा, चापकोट नगरपालिका–४ घर भइ हाल पोखरा बस्ने प्रदीप गिरी र झापा, गौरादह नगरपालिका– ४ बस्ने ज्ञानेन्द्र अधिकारीलाई पक्राउ गरेको हो । उनीहरुले वैदेशिक रोजगारीमा पठाउने भनी राहदानीमा नक्कली प्रवेशाज्ञा लगाइ प्रतिव्यक्ति रु ८ लाख ५० हजार लिएर टर्कीमा पुर्‍याइ दुई महिनासम्म श्रमशोषण गरी अलपत्र पारेका थिए ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले हालसम्म ८ जना पीडित व्यक्ति ब्यूरोको सम्पर्कमा आएको र अरु व्यक्ति पनि पीडित भएको हुनसक्नेबारे अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ परेकालाई काठमाडौं जिल्ला अदालतको आदेशले म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको ब्यूरोले जनाएको छ । निजलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को दफा ३ र ४ को कसुरमा दफा १५ (१) (क) अनुसार मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र रु दुई लाखसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार