जेठ २२ गते शैक्षिक हडताल !

काठमाडौं, २१ जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्कीले भोलि जेठ २२ गते कास्की जिल्लामा शैक्षिक हडताल आह्वान गरेको छ । राज्यले विद्यार्थीमाथि गरेको दमनकाविरुद्ध विभिन्न सङ्घर्सका कार्यक्रम घोषणा गरिएको सङ्गठनले जनाएको छ । गत १२ गते अखिल (क्रान्तिकारी) कास्कीका जिल्ला सचिव विश्वास थापा (पवन)लाई कास्की प्रहरीले बिनाकारण हिरासतमा लिई चरम शारीरिक तथा मानसिक यातना दिएको र उनको कोठामा छापामारी परिवार र छिमेकीलाई समेत आतङ्कित बनाएको सङगठनले जनाएको छ ।
अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष काजी गुरुङले जेठ १८ गते प्रेसविज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेका छन् । आफ्ना माग बेवास्ता गरी सुनुवाइ नभए थप कडा सङ्घर्षका कार्यक्रम तय गरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>