जुही चावलाद्वारा बौद्ध स्तुपाकाे वर्णन

२०७५ असार ७ गते, बिहीबार

काठमाडौं, ७ असार । बलिउड कलाकारहरु नेपाल आउने क्रमसंगै अभिनेत्री जुही चावला पनि नेपाल भ्रमण अाएकी बुझिएकाे छ । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत बौद्ध घुमिरहेको तस्बिर राखेकी छिन् । तस्विरमा उनले बौद्ध स्तुपाको प्रशंसासमेत गरेकी छिन् । तस्विर पाेस्ट गर्दै उनले लेखेकी छिन्- ‘काठमाडाैकाे बौद्ध स्तुपा, सामान्य तर मन्त्रमुग्ध पार्ने माेहरा र नीलाे अाकाशमा उडिरहेका प्रार्थना गर्ने झण्डा । अति नै सुन्दर ।’

प्रतिक्रियाहरु